🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जोखिमका बस्ती स्थानान्तरण गर्न माग

धादिङ । लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् ।  पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन समितिले  वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो ।  समितिको यही भदौ २ गतेको निर्णयले बस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभएको छ । 

    रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा  ४ हिन्दुुङ, वडा ५  कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६  तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न माग गरिएको हो । बस्ती स्थानान्तरणको सिफारिस पछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीन ओटा टोलबासीले  निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानन्तरणको माग गरेका छन् । 

        रुबीभ्याली ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरुले आफूहरु स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित  प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताउनुभएको छ । बस्तीहरुमाथीबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्यआइरहेको गाउँबासीको भनाइ छ । सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचिमा रहेको थियो ।