काठमाडौं, पुस १९। चर्चित हाँस्य टेलिश्रृखला हाक्का हाक्की अब यतिबेला भाग–१२५ सम्म पुगेको छ । बिकृतिको चिरफार गर्ने स्लोगन सहितको यो टेलश्रृखला पछिल्लो समय लोकप्रिय बनेको छ। कलाकार दमन रुपाखेतीको निर्देशन, राम थापाको लगानी रहेको हाक्का हाक्की डियल फिल्मसको प्रस्तुति हो ।
यो टेलिश्रृखला हाईलाइटस नेपालको यूटुबमा सार्बजनिक भएको छ, नेपाल च्यानलबाट हरेक आइतबार बेलुकी ८ः३० मा हेर्न सकिन्छ । दमन रुपाखेती, कबिता शर्मा, राजु भुजु, राम थापा, उमेश कुमार के सी, प्रकाश न्यूपाने, जित थापा, पवन राई, धरनीधर न्यूपाने, मनिराज काफ्ले, राजन चौलागाई, आर के मानन्धर, राज कुमार र सुसान्त गिरीको अभिनय रहेको छ।



