🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंकको कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्ने छन्।

सो सम्झौता पत्रमा कुमारी बैंककातर्फबाट बैंकका रिलेसन्शिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपकातर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमाउक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।  

कुमारी बैंकले आफ्ना देशव्यापी २०३ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदैआएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।