काठमाडौं । चीनले अमेरिकाको रिपब्लिकन पार्टीका टेड क्रुज र मार्को रुबिओमाथि प्रतिबन्ध लगाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहितका अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको केही समयपछि त्यसको बदलास्वरूप चीनले यस्तो कदम चालेको हो ।
उनीहरूमाथि कस्तो प्रतिबन्ध लगाएको हो, भन्ने खुलाइएको छैन ।
प्रतिबन्ध लगाइएका दुवै नेता चीनका कडा आलोचक हुन् ।
मुस्लिमलाई डिटेन्सन सेन्टरमा राखेको घटनामा संयुक्त राष्ट्र राट्र संघलगायतले चासो राख्दै आएका छन् । तर चीनले दाबी गरिएजस्तो ज्यादती नगरिउको बताउँदै आएको छ ।



