Niraula @nscnepal
इस्वी संवत् र ख्रीसमस मनाउँदा खुला सडकमा रातभर नाचगान गर्न छुटदिने सरकारले बिक्रम सम्वतको नयाँ बर्ष मनाउँदा र देउसिभैलो खेल्दा १० वजेको समय तोक्छ।तपाईं आफै भन्नुस, हिन्दु संस्कृती मास्नको लागि नेपालको वर्तमान सरकार कसरी लागेको छ। निरङ्कुशता बीरुद्धको आन्दोलन तयार गरौं।
Krishna G @kghimire1
“कलियुगका देवता भनेका न्यायाधीश हुन् l तर यहाँ जसले जति ठूलो अन्याय गर्यो, उ उतिनै ठुलो न्यायाधीश कहलाउँछ l मलाई कसैले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भनेर सम्वोधन गर्योभने सम्मान होइन, व्यङ्ग लाग्छ l” -पूर्वन्यायाधीश टोपबहादुर सिंह
Ranjit Tamang @RaneyTam
तामाङ, गुरुङ र शेर्पा जाति अहिले जो जहाँ बसे पनि सभ्यताको उद्गम थलो बेग्लाबेग्लै थियो भन्ने लाग्दैन । तर एउटै सभ्यताका हाँगाहरू ल्होछार भने छुट्टाछुट्टै तिथिमा मनाइरहेका छन् । अरू त के ? आफ्नै तामाङ समुदायमा एकमत छैन । आफ्नै पोजिसन क्लियर छैन, राज्यलाइ गुनासो गरेर के साध्य ?
प्रदिप भट्टराई @pre_dip
जबसम्म विनोद चौधरी र शान्ता चौधरीका छोराछोरीले देख्ने सपना, पाउने शिक्षा र अवसर एउटै हुँदैन, तवसम्म समाजवादउन्मुख सम्विधान कागजको बाघ मात्र हुनेछ।
Tirtha Prasai @TirthaPrasai
मन्त्रीपरिषद बैठकमा झ्याप्प भारतीय राजदूत आएर प्रम भेट्दा अग्रगमन हुने तर राज्यकै एउटा जनप्रतिनिधिले पूर्व राजा भेट्दा प्रतिगमन हुने देशमा छौं हामी ! हैट ! परिभाषा उनीहरू निर्माण गर्छन्, हामीले 'हो हजुर, सही भन्नुभो' भनेर शीरोपर गरिराख्नु पर्ने ! लाज हाजमोला बिना पनि पच्छ मान्यवर ?
Dr.Govnda B. Thapa @GovindaDr
देउवासङ्ग माग्न सक्नु पर्छ, आँखा चिम्लेर दिन्छन्। पहिले पूर्वराजाकी काकीलाई दिएका थिए, अहिले डा.गिरिलाई दिएछन् । मागेकै २५ लाख; मागेभन्दा बढी दिने कुरा भएन क्यारे !
Gajendra Budhathoki @gbudhathoki
हे अगस्त्य मुनि ! पत्निलाई दिनु, नभए सालीलाई दिनु, साली नभए दिदी-बहिनीलाई दिनु, नभए भान्जीलाई दिनु, ती पनि नभए काका, मामा, फूपू कसकी छोरी हुन्छन् खोजेर दिनु। अन्त्यमा बल्ल कोही नभेटिए ज्वाईंलाई दिनु । ती सबैलाइ बाँडेर बाँकि रहे बल्ल अरुलाई दिनु । त्यहाँ पनि नाता हेर्नु । #समानुपातिकसांसद
Ananda Ram Paudel @AnandaRamPoudel
"अध्यादेश प्रमाणीकरण भयो। अव त गाँठो फुक्योहोला नि त ? अव त रोक्ने,अड्काउने गर्दैननहोला नि त ?" हेटौंडा,नवलपुरकी नानीले सोधिन्।
"निहुँ खोज्न र अत्तो थाप्नकै लागि नयाँ-नयाँ बिषय खोज्नेछन्। जस्तो, ‘राष्ट्रियसभामा मनोनित गर्ने काम सम्पन्न नगरी अगाडी बढ्न दिन्न’ भन्न सक्छन्।" नन्दरामले जवाफ दिए।



