🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दश हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

हेटौँडा, १९  असार (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।  

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  रु दश हजार घुस रकमसहित  पक्राउ  गरिएको आयोगको कार्यालयले जनाएको छ ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै  कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उहाँलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिनुभयो ।