एकसठ्ठी वर्ष पहिले किन्नर भन्ने एउटा लद्याखी सन् १९५९/१९६० मा इलाहवाद युनिभर्सिटीमा पढ्दा साथी थिए । २०७७ जेठ ३१ गते दैनिक अखबारहरूमा २५/३० जना भारतीयहरूले हतियारसमेत खोसेपछि नारायणपुर नाकामा फायरिङ गर्दा सीतामढी पिपरा जानकीनगरका २५ वर्षका भारतीय विकेश कुमारको मृत्यु भयो । भारतीय नागरिक उमेश राम र उदय ठाकुर घाइते भए ।
हतियार खोस्ने भारतीय ललन भनिने नवलकिशोर राय पक्राउ परेका छन् । सीमा सिल गरिएको अवस्थामा नेपालको माडर भन्ने स्थानमा प्रवेश गरेको भारतीयहरूको भीडलाई रोक्ने सई तेजबहादुर कार्कीलाई पक्रेर भारत लगेको थियो । तीन घण्टापछि कुराकानी भएर छोडियो ।
दिउँसो संयोग भनौं त्यसैदिन जनता समाजवादी पार्टीले निशाना छाप संशोधनको पक्षमा मतदान गर्ने निर्णय लियो । नेपालको प्रतिनिधिसभाले सर्वसम्मत मतले त्यो संशोधन पारित ग¥यो ।
संयोगले काठमाडौंभन्दा पर भारतको देहरादूनमा पहिले नाम नलिई चीनले उचाल्दा नेपालको नक्सा बखेडा झिकेको भन्ने भारतीय थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले नेपाल–भारत सीमा विवादबारे भारतीय सैनिक एकेडेमीको एक कार्यक्रममा ‘नेपाल–भारत सम्बन्ध घनिष्ठ र विशेष रहेको त्यसै दिन जवाफ दिएको समाचार २०७७ जेठ ३२ गते आइतबार पढियो । तर, त्यसै दिन जेठ ३२ गते दिउँसो द न्यूज भन्ने भारतीय टेलिभिजनमा धेरै कुप्रचार र कुसूचनाहरू प्रसारित गर्दै नेपालको सर्वसम्मत मतदानबारे ‘वामपन्थीयों ने राजाको मौतके घाट उतार दिया, हिन्दू राष्ट्र रहने नही दिया, भिटो पावरवाला सीट चीनको नेहरूने दिलाया….’ भन्ने जस्ता अन्टसन्ट प्रसारण भयो ।
भारत सरकारले नेपालको प्रतिनिधिसभाले सर्वसम्मत गरेको निर्णयलाई ‘हाम्रो असहमति छ’ र ‘वार्ताको बाटो बिराएको’ प्रतिक्रिया दियो । जनता समाजवादी पार्टीले निर्णय दिनुअघि नेपाली कांग्रेसका अमरेशकुमारसहित केही सांसदले नागरिकता कानून संशोधनको अल्झो तेस्र्याउने असफल प्रयास गरेका थिए । तर, २०७७ जेठ ३२ गते नेपालको दैनिक अखबारले ‘संसदको ऐतिहासिक निर्णय’ शिर्षक राखेर समाचार छापेको थियो ।
नेपाल–भारतको सम्बन्धमा नेपालले आफ्नो नक्सा र निशान छापबारे संविधान संशोधन सर्लाहीको सीमामा रोक्दारोक्दै बिलमिच्याईं र गोली चलेको घटना नेपालको सईलाई नेपाल सीमाभित्र आई पक्राउ गरेर भारत लगेको तीन घण्टापछि छोडेको चर्चाहरू माझ लगत्तै २०७७ असार २ गते भारतीय एनडीटीभीमा लद्याखमा भारतीय सेनाका कर्नेल र दुई सैनिक मारिएको समाचार आयो ।
त्यही एनडीटीभीमा तर लद्याखको गलवान भ्यालीमा मारिएका भारतीय सैनिकहरूलाई गोली हानेको होइन शारीरिक लडाईमा मारिएको र चीनका पनि सैनिकहरू मरेको समाचारमा भनियो । यो फ्रान्सको न्यूज एजेन्सीको एएफपीको खबर हो भनियो ।
तर,
(१) भारतीय सेनाको तर्फबाट सैनिक संख्या स्पष्ट नभनी र कुन ठाउँमा भएको हो भनिएन ।
(२) यो पनि भनियो कि अहिले दुवै पक्ष भारत र चीनको सिनियर अफिसरहरू माझ घटना स्थलमा स्थिति डीफ्यूज गर्न बैठक बसेको छ ।
(३) कुनै गोली चलेको र गोली हानाहान भएको होइन । कुनै विस्फोटक हतियार प्रयोग भएको होइन । त्यहाँ हिंस्रक हाथापाई (हात हालाहाल, ह्यान्ड स्कफलहरू) भयो ।
तर, त्यसको भोलिपल्ट २०७७ असार ३ गते बिहानै काठमाडौंका दैनिकहरूमा लद्याखको भारत–चीन झडपमा २० भारतीय सैनिकको मृत्यु चीनतर्फ पनि हताहतको दाबी भन्ने समाचार आयो । १४ हजार फिटको उचाईमा र शून्यभन्दा कम तापक्रममा मृत्यु भएको भारतीय समाचारले जनाएको पनि पढियो । लडाई वा झलयुद्ध वा फ्री स्टाइल कुटाकुट प्रतियोगिता दुई सेनाको माझ दिउँसो नभएर हिउँ परेको त्यस गलवान उपत्यका भिरालो ओरालो–उकालो (स्लोप)हरूमा त्यो पनि दिउँसो नभएर साँझ अँध्यारो परिसकेपछि ७/३५ बजेतिर भएको कुरा भारतीय अखबारहरूका र तिनीहरूका समाचारका माझका पंक्तिहरू हेर्दा पढ्दा देखिन्छ । त्यहाँ लड्नभिड्न पठाइएका भारतीय सैनिकहरू पनि कहिले नपर्ने पहाडको उकालो ओरालोमा केटाकेटी उमेरमा र भर्ति हुँदासम्म पनि नहिंडेका बिहार रेजिमेन्टनामक सैनिक युनिटका देखिन्छन् ।
एक भिरालो, त्यसमाथि हिउँ परेर चिप्लेटी बनेको ठाउँ सबजिरो (शून्य वा सो भन्दा कम) तापक्रममा बिहार रेजिमेन्टका जवानहरूलाई भिड्न पठाउने वा लगाउने काम सैनिक फिल्ड कमाण्डर वा कमाण्डहरूको मूर्खता सोझै देखिन्छ । कहाँ छ हिउँमा लड्न प्रशिक्षित इन्डो–टिबेटन फोर्स सीमा विवाद पनि सुदूरपूर्व अरुणाञ्चल (चिनियाँहरूको शरुमा सर्टन टिबेट), आमना सामना छ । सिक्किम नाथुला दक्षिण र उत्तर, केवल बीचमा नेपाल भएको कारण बिहार, उता प्रदेशमा ५/६ सय किलोमिटर दुवै तर्फबाट लड्न भिडन्तविहीन छ र सँधै रहँदै आएको छ ।
नेपालले सन् १९६० मा विपी कोइराला र चाउएनलाईको सही छाप गरे बाउन्ड्री एग्रिमेन्टको प्रोटोकल र सन् १९६१ मा राजा महेन्द्र र चीनमा राष्ट्रपति ली साउचीले सही गरेको बोर्डर ट्रिटीद्वारा सदासर्वदाका लागि विवादरहित र सीमा झडप र सीमायुद्धको सम्भावनारहित छ । त्यसको फाइदा उत्तरी भारत विशेषगरी बिहार, उत्तर प्रदेशलाई पनि सीमा युद्धको प्रत्यक्ष भूमि नबन्ने स्थिति छ ।
जहाँसम्म यो लद्याख वा पूर्व अरुणाञ्चल आसाम सिक्किम तर्फको सीमा विवाद भारत र चीनमाझ तटस्थ रहँदै ५८ वर्ष पहिलेको सन् १९६२ अक्टोबर–नोभेम्बरको सीमा युद्धमा पनि नेपाल तटस्थ थियो र आज लद्याख सीमा झडपमा पनि तटस्थ छ ।
लिपुलेकको प्रश्नमा मात्रै नेपाल आफ्नो पक्षमा पाँच वर्ष पहिले नै सन् १९७२ मा सुशील कोइराला प्रधानमन्त्री रहँदा चीन र भारत दुवैलाई मौकामै नेपालको परराष्ट्र मन्त्रालयले विरोधपत्र (प्रोटेस्ट नोट) पठाउने काम भएको हो ।
हाल नेपालको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले सर्वसम्मत भई संविधान संशोधन गरिसकेको छ । नेपालको जनता देशभक्त छन् र देशको स्वतन्त्रताप्रति सँधै सजग रही लड्दै आएर संसारकै सबैभन्दा पुराना स्वतन्त्र रहँदै आएका देशहरूमा मध्य एक हो । संसारमा यही मात्र एक देश हो जसको झण्डा हजारौं वर्षदेखि उही छ । धेरै सानासाना थुम्के, भुरे, टाकुरे राज्यहरू जोडेर पृथ्वी नारायणले काठमाडौं राजधानी आएको नेपालको राष्ट्रिय झण्डा पनि त्यही किराँत, लिच्छवी र मल्लका शासकहरूको पालादेखि स्वतन्त्रताको प्रतीकको निरन्तरता छ ।
आजको भारतको एउटै राजनीतिक इकाईकरण ब्रिटिश इस्ट इन्डिया कम्पनीले आजभन्दा एक सय त्रिसठ्ठी (१६३) वर्ष अघि सन् १८५७ मा सम्पन्न गरेको हो ।
सबैभन्दा पहिले त्यसको एक सय वर्ष अगाडि स्वतन्त्र बंगाल (अहिलेको बंगलादेश र भारतको पछि बंगाल प्रान्त) को अन्तिम स्वतन्त्र शासक नबाब सिराजुद्दौलाको हत्या उनकै प्रधान सेनापति मिरजाफरको छोरा मिरकासिमद्वारा गराई कठ्पुतली नबाब खडा गरी ब्र्रिटिश इस्ट इन्डियाको क्लब रबर्ट क्लाइब वास्तविक शासक बन्यो । त्यसको एक सय वर्ष पछि सन् १८५७ को सेप्टेम्बर २० मा दिल्लीका मुगल सम्राट बहादुर शाह जफर (शायर जफर शाह) लाई उनका जेठा छोरा शाहजादा (उत्तराधिकारी) लाई कैद गरेपछि बल्ल सम्पूर्ण भारत एउटा राजनीतिक इकाई भएको हो ।
नेपालको इतिहास र छिमेकी भारत, बंगलादेश, पाकिस्तान इत्यादिको इतिहासमा एउटा ठूलो फरक छ । भारतको एकीकरण सन् १८५७ मा गर्ने र बिखण्डन सन् १९४७ मा गर्ने दुवै काम गर्ने ब्रिटिशले गरेका थिए । नेपालको एकीकरण गर्ने गोर्खाली पृथ्वीनारायण शाह थिए । ब्रिटिशहरू भारत छोडेर गए । तर पृथ्वी नारायणका वंशजहरू साधारण नागरिक भएर पनि नेपालमै रहे ।



