🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 कोरोना सङ्क्रमण बढेपछि डडेल्धुरा सदरमुकाम सिल

अमरगढी, ६ असार (रासस) : कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।
    

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।” 

 सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।
–––