🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘ऊर्जा क्षेत्रमा १२ अर्बको सहुलियत’

काठमाडौँ, ३ असार  : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मासिक १० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई विद्युत् निःशुल्क गरिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेटमार्फत नै गरिब, विपन्न र तल्लो वर्गका नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो । सरकारको यस निर्णयसँगै करिब आठ लाख ६१ हजार घरायसी ग्राहकले अब निःशुल्क विद्युत्को प्रयोग गर्न पाउने छन् ।
 

उहाँले उपभोक्तालाई बजेटमार्फत करिब रु १२ अर्ब बराबरको सहुलियत दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । विद्युतीय सवारीको प्रवद्र्धन गर्न चार्जिङ प्रयोजनका साथै कृषि, सिँचाइलगायत क्षेत्रमा प्रयोग हुने विद्युत्को शुल्क घटाइएको जानकारी दिँदै उहाँले विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन मिल्ने प्रावधान समेटिएको बताउनुभयो ।

 
 सरकारले आगामी दशकलाई ऊर्जादशक घोषणा गरेको जानकारी दिँदै उहाँले आगामी १० वर्षमा करिब १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । ऊर्जामा आत्मनिर्भर अबको बाटो भएको उल्लेख गर्दै उहाँले सरकारको बजेट विनियोजन पनि यसैमा केन्द्रित रहेको बताउनुभयो ।

 
 सामुदायिक खानेपानी तथा सिँचाइ प्रयोजनका लागि खपत हुने विद्युत्को डिमाण्ड शुल्क हटाइएको जानकारी दिँदै उहाँले १० प्रतिशतको हाराहारीमा विद्युत् महशुल सस्तो बनाइएको बताउनुभयो । “हामीले सबै तहका ग्राहकका लागि महसुल घटाएका छौँ, त्यसो गर्दा कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर देखिएका बेला सरकारका तर्फबाट यो एउटा राहत प्याकेजका रुपमा आएको छ”, उहाँले भन्नुभयो ।

 
आगामी आवका लागि ऊर्जा मन्त्रालयका लागि रु ९९ अर्ब २९ करोड ४८ लाख विनियोजन गरिएको छ । ऊर्जातर्फ रु ७२ अर्ब ६० करोड तीन लाख र जलस्रोत तथा सिँचाइतर्फ रु २६ अर्ब ६९ करोड ४५ लाख विनियोजन प्रस्ताव गरिएको छ । (रासस)