🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देहीमा सामूहिक हत्या  गरेर फरार 

बुटवल, २७ जेठ (रासस) : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता  खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । 

अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि आफू घटनास्थलमा जाँदै गरेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । 
–––