🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महेन्द्रनगर नगरको  अवैध संरचना निर्माण छानबिन समिति 

कञ्चनपुर, १० पुस : महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । 

नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनगर नगर विकास समितिका सदस्य देवराज मिश्र, नापी र मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् । 

सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका इञ्जिनियर समितिमा सदस्य सचिव छन् । समितिका सदस्य काँग्रेसका कठायतले यसअघि समितिको अवैध जग्गा कब्जा प्रकरणमा असन्तुष्टि जनाउँदै नगर विकास समितिको सदस्यबाट राजीनामा दिएका  थिए  । 

समितिका उपसंयोजक महराले नगर विकास ऐनविपरीत कब्जा गरिएको जग्गा र त्यसमा निर्माणाधीन सबै संरचनाको छानबिन गरिने जानकारी दिए  । “कानून मिचेर के–कस्ता कार्य भएका छन्, त्यसको छानबिन गर्छौं”– उनले भने  । 

समितिलाई छानबिनका लागि एक महिनाको समय सीमा दिइएको छ । तोकिएको समयमा छानबिन पूरा गर्न समितिले कार्य अघि बढाएको संयोजक महराले बताए  । 

नगर विकास समितिका केही अध्यक्षसँग सम्झौता गरिएको कागज देखाउँदै समितिको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरिएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । (रासस)
–––