🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनामैनाको दक्षिण भेगमा उच्च सतकर्तता

खस्यौली, २१ वैशाख (रासस) : रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले सीमा क्षेत्रको दक्षिण भेगमा उच्च सतकर्तता अपनाउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ । 

 मुर्गिया– लुम्बिनी र  कलौनी– लुम्बिनी सडकबाट मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवातजावत बढी भएकाले सो निर्णय भएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।  उहाँले बन्दाबन्दीको उल्लंघन  हुन नदिन वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरीसहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको तथा नगरपालिकाका प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताउनुभयो । 

 बैठकले नगरपालिकाका सामुदायिक वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न  बिहान ८ देखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ । 

दुई पुलको निर्माण  बन्द

बन्दाबन्दीका कारण रुपन्देहीको शुद्धोधन गाउँपालिकामा निर्माणाधीन दुई पुलको  निर्माण बन्द भएको छ ।  कामदार र निर्माण सामग्रीको अभाव भएकाले पुल निर्माण  बन्द भएकोे पुलका साइट सुपरभाइजर माधव बर्तौलाले जानकारी दिनुभयो । 

गाउँपालिकाका वडा नं १ र २ जोड्ने दानव नदीमा निर्माणाधीन ४० मिटर पुलमा  बाँधिको बीम, डण्डी  र स्ल्याबसमेत कामदारले पुनः खोलेर घर जान थालेको उहाँले बताउनुभयो । ‘पुलमा बाँधिएको बीम र डण्डी नदीले बगाउने भएकाले  खोलेर त्यसको संरक्षण गरेर मात्र कामदारलाई घर जान भनेका छौँ’, बर्तौलाले भन्नुभयो । 

सो गाउँपालिकाको वडा नं ६ र १ लाई जोड्ने दानव नदीको ४० मिटर पुलमा पनि कामदारको अभाव देखिएको छ । ती दुवै पुलको लागत रु १८ करोड  छ ।  दुवै पुलको निर्माण  सम्पन्न गर्न कम्तीमा ५० कामदार आवश्यक पर्छ ।  अधिकांश कामदार भारतीय छन् । 

वर्षा नजिकिएकाले  दशैँ र तिहारपछि मात्रै निर्माण शुरु हुने जानकारी दिँदै उहाँले केही कामदार भए पनि बजार नखुलेका कारण खाद्यान्नसमेत अभाव भएको बताउनुभयो । ‘हामीले निर्माणसँग सम्बन्धित काममा गरेको करोंडौंँ लगानी  जोखिममा परेको छ’, उहाँले भन्नुभयो ।  

निर्माणसँगै काठ, डण्डी, फर्मा पाइपल लगायत करीब रु चार करोड बराबरको सामग्री पुल निर्माणस्थलमा अलपत्र छ । विसं २०७६ पुसदेखि निर्माण शुरु भएको पुलको ठेक्का मृत सञ्जीवनी देव एण्ड सायर (जेभी) कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको थियो ।