🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईजीपी न्यायकाे पक्षमा नउभिंदा डीएसपी र एसपीकाे बढुवामा घाेर अन्याय !!

काठमाडाैं । फाेर्समा सिनियर र चेन अफ कमाण्ड भन्ने कुरालाई अति नै महत्वका साथ लिने गरिन्छ । फाेर्सका मानिसहरूले  बढुवा हुने समय आएपछि लिष्टमा अग्रपंक्तिमा रहेकाहरू जाे कारवाही नभाेगेका, पुरस्कार पाएका, तक्मा पाएकाहरूले आफूलाई  विभाग राज्यले न्याय गर्छ भन्ने अपेक्षा गरेका हुन्छन् । न्याय पाउने अपेक्षा गर्दागर्दै वरिष्ठलाई  मिचेर आफूभन्दा १/२ व्याचका जुनियरहरूलाई बढुवा गरेर सिनियरलाई पदाेन्नित नदिंदा फाैजमा  त्याेभन्दा ठूलाे सजाय अरू के हाेला ? नेपाल प्रहरीका हालका आईजीपी ठाकुर ज्ञवालीले पनि वरिष्ठकै आधारमा  बढुवा हुने अवसर पाएका हुन् । 

\"\"

\"\"

आफू वरिष्ठकै आधारमा बढुवा हुने अनि आफ्नै विभागका अधिकृतहरूकाे बढुवा गर्दा १/२ व्याच मिचेर १ नम्बर र दुई नम्बरका वरिष्ठलाई  लत्याएर व्याच उछिनेर अर्कै व्याचकालाई बढुवा दिंदा नेपल प्रहरीकाे मनाेबल कहाँ  पुग्ला ? राज्यका जनताकाे सुरक्षाका लागि २४ सै घण्टा इमानदारीपूर्वक डिउटीमा खटिनु पनि पर्ने अनि विभाग र सरकारकाे इज्जत, प्रतिष्ठा जाेगाइदिनु पर्ने ?    बढुवा र सरूवामा अन्यायमा परेका प्रहरी अधिकृतहरूले  हाैसला  र माेरलले राष्ट्रकाे सेवा गर्ने ? एसपीबाट एसएसपी र डीएसपीबाट एसपीमा बढुवाका सिफारिस भएका नेपाल प्रहरीका पीडितहरूले  यस्तै प्रश्न गर्दै पुरपुराेमा हात राखेर बसेका छन् । 

नेपाल प्रहरीका आईजीपी ठाकुर ज्ञवालीकाे नेतृत्वले डीआईजीपी, एसएसपी र एसपी बढुवामा तल तलका व्याचकालाई साेर्सफाेर्स र  शक्तिकाे  आडमा जबर्जस्ती तानेर बढुवा सिफारिस गरेपछि विभागीय प्रमुख आईजीपी ज्ञवालीकाे व्यापक आलाेचना भएकाे छ ।  इमानदार, कर्तब्यनिष्ठ, व्यवसायिक प्रहरी अधिकृतहरूकाे  पक्षमा आईजीपी ज्ञवाली अडान नलिंदा  सिनियरहरूले अन्याय परे । 

पचास दिन पनि आफ्नाे कार्यकाल बाँकी नरहेका आईजीपी ज्ञवाली सिनियर अधिकृतहरूमाथि घाेर अन्याय हुँदा कसरी रमिते बन्न सके ? कुनै लाेभलालच पनि नभएका र सरकारसंग लामाे सहकार्य गर्नै पर्ने बाध्यात्मक अवस्था पनि नभएकाे यस घडीमा आईजीपी ठाकुर ज्ञवाली के करणले न्यायकाे पक्षमा उभिने    आँट गरेरनन् ?  डीआईजीपी, एसएसपी र एसपी तीन तहकाे बढुवा सिफारिस चर्काे विवादमा मात्रै  हाेइन आईजीपी ठाकुर ज्ञवालीले  थाेरै पनि  विभागीय प्रमुखकाे  हैसियत  प्रदर्शन गर्नअसफल भएकाे टिप्पणी र गुनासाे  नेपाल प्रहरी अधिकृतहरूकाे रहेकाे छ । 

उदाहरणाका लागि २०७७ वैशाख १० गते राति बढुवा सिफारिस गर्दा राज्यबाट पुरस्कृत भएका, राष्ट्रपतिबाट तक्मा समेत पाएका र २०६९ सालमा डीएसपीकाे बढुवा लिस्टमा  एक नम्बरमा रहेका भुवनेश्वर तिवारी साेर्सफाेर्स नहुँदा आफूभन्दा एक ब्याच तल २०७० साउन ६ गते बढुवा भएकालाई सलाम ठाेक्नुपर्ने गरी   अन्यायपूर्वक फालिएका छन् ।

त्यस्तै एसपीमा  बढुवा सिफारिसमा नपर्ने र २०६९ सालमा बढुवा हुँदा २ नम्बरमा रहेका ऋषिराम कँडेल, ५ नम्बरका  सुरेश प्रसाद काफ्ले, ७ नम्बरका अमरेन्द्र वहादुर सिंह, १४ नम्बरका राजकुमार सिलवाल, १५ नम्बरका श्याम सिंह चाैधरी, १६ नम्बरका नहकुल पाख्रेल, १९ नम्बरका पद्मवहादुर विष्ट, २१ नम्बरका वासुदेव खतिवडा, २४ नम्बरका राजेन्द्र बाबु रेग्मी र २५ नम्बरका महेन्द्रकुमार श्रेष्ठलाई फालेर २०७० साल साउन ६ गते बढुवा हुँदा सात नम्बरमा रहेका डीएसपी सन्ताेष सिंह राठाेर(प्रचण्डका पीएसओ), १४ नम्बरका सन्ताेष भट्टराई, १६ नम्बरमा रहेका वामदेव गाैतम, २४ नम्बरमा रहेका राजेन्द्र प्रसाद धमलाहरूले राजनीतिक शक्ति र साेर्सफाेर्सका आधारमा एसपीकाे बढुवा सिफारिस हुने भाग्यमानीमा परेका छन् । 

बढुवामा छुटेका एसपीहरू 

नेपाल प्रहरीको २०७३ पुस  १३ गतेसम्म एसपी भएकाहरू राजनीतिक शक्ति केन्द्रमा पहुँच नभएका, साेर्सफाेर्स नभएका  एसएसपीकाे बढुवामा पनि छुटेका छन् । ती छुटेका एसपीहरूमा राजेन्द्र विष्ट, विकास राज खनाल ,कृष्णकुमार महत,गाेविन्द कुमार साह,उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी , जनक राज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली , कृष्ण हरि शर्मा पाेखरेल, चक्रबहादुर सिंह, भाेलाबहादुर रावल,  सुदीप राजभण्डारी,  अनुराग द्विवेदी, मधुसूदन लुईटेल,  दिल्ली राज पन्त,  धुव्र राज राउत,  माेहन प्रसाद पाेखरेल,  राजेन्द्र सि्ह खड्का , टीकाबहादुर केसी,  याेगबहादुर पाल रहेकाे जानकारी हुन आएकाे छ ।