🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अदालतको आदेशमा ११ बन्दी रिहा

भक्तपुर, ११ वैशाख (रासस) : बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जी अनुमति, अभियोगपत्र दर्तालगायतका काम भइरहेको बताउनुभयो । अदातलमा लकडाउन अवधिभर १० अभियोगपत्र दर्ता भएको, दुई अवधि थप र दुई जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।
–––