🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्येरातमा मधेशवादी दलहरूकाे एकीकरणसंगै फेरि छिन्नभिन्न र अस्थिरताकाे  जन्म  !!

काठमाडाैं । २०७७ वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक दुई अध्यादेश ल्याएपछि काेराेनाकाे चिन्तामा रूमलिएकाे नेपालकाे राजनीतिक क्षेत्र एकाएक अध्यादेशकाे चिन्तामा हाेमिएकाे छ । वैशाख ८ गते साँझ राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि तरंगित भएकाे राजनीति कहाँ र कुन माेडमा गएर विश्राम लिने हाे टुंगाे छैन । ठूला साना दलहरूकाे अवस्था के हुने त्याे पनि टुंगाे छैन भन्ने कुरा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी रातारात एकीकृत भएर 'जनता समाजवादी' दलकाे घाेषणा २०७७ वैशाख १० गते ११ बजे गरिएकाे छ ।

\"\"

\"\"

प्रधानमन्त्री केपी शर्मा ओली कहाँ हान्ने जुक्ति निकालेर राजनीतिक दल विभाजन गर्न सक्ने सजिलाे बाटाे बनाए ? याे कुरा अबकाे राजनीति र घटनाक्रमले देखाउँदै जाला । तर, एउटा कुरा चाहिं के सत्य भयाे भने मधेशवादी दलहरूकाे वर्षाैंदेखिकाे एकता अदृश्य शक्तिले २४ घण्टाकाे मिहिनेतबाट रातारात एकीकृत गराएर  दुई थान मधेशवादी दललाई जाेडेर नयाँ दल 'जनता समाजवादी' बन्ने भएकाे छ । याे दल आज २०७७ वैशाख ११ गते निर्वाचन आयाेगमा दर्ता भएकाे निर्वाचन आयाेगकाे   पत्र  संसदमा पुगेपछि यसले संसदमा  औपचारिकता पाउने छ । नयाँ दलकाे झण्डा समाजवादीले प्रयाेग गर्दै आएकाे प्रयाेग हुनेछ भने निर्वाचन चिन्ह राजपाकाे छाता  कायम हुनेछ । 

नयाँ दल 'जनता समाजवादी पार्टी, नेपाल' बनेसँगै राजपा र समाजवादी दलभित्र तत्कालै विद्राेह हुने सम्भावना पनि विकास भइरहेकाे छ भन्ने कुरा समाजवादी दलकी  नेतृ रेणु यादवहरू र राजपाकाे   नेता तथा अध्यक्ष मण्डलकै सदस्य  अनिल कुमार झा र राजकिशोर यादवहरुले एकीकरण वहिस्कार गरेबाट स्पष्ट हुन्छ । 

राजपा र समाजवादीका विद्राेही नेताहरू र सांसदहरूले अर्काे  छुट्टै नयाँ पार्टी बनाउने तयारी गरेकाे पनि जानकारी हुन  आएकाे छ । हिजाे २०७७ वैशाख १० गते रातिसम्म रेणु यादवकाे नेतृत्वमा नयाँ दल बन्ने तयारी लगभग पूरा भएकाे चर्चा राजनीतिक क्षेत्रमा ब्यापक थियाे । यसैबीच राजपा र समाजवादी दल मिलेर नयाँ दल जनता समाजवादी पार्टी, नेपाल घाेषणा भएपछि राजनीतिले आज   २०७७ वैशाख ११ गते  १४ औं लोकतन्त्र दिवसका दिनबाट कस्ताे रूप लिने हाे यसै भन्न सकिने अवस्था छैन । राजनीतिक दल सम्बन्धी अध्यादेशले नेापलमा फेरि राजनीतिक अस्थिरता पाे निम्त्याउने हाे कि भन्ने चिन्ताले बुद्धिजीवीहरूलाई सताएकाे छ ।