🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कथाकार ब्राजाकीको अवस्था गम्भीर

काठमाडौँ, ५ पुस (रासस) : मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।

दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए  । गजलकारसमेत रहनुभएका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
–––