एकपटकको अनुभव त साह्रै रमाइलो छ, झन्डै चार घन्टा लगाएर दुईवटा मेच र एउटा टेबुल जोडजाड पारें । तयार भैसकेपछि ध्यान गयो, वालमार्टबाट टेबुल र कुर्सीको साइज नहेरी छान्दा एउटा अग्लो र एउटा होचो परेछ † समय र पैसाको वर्वादी, आफैंदेखि आफैंलाई रिस उठ्यो † फेरि त्यसलाई खोलें, जतिवटा टुक्रामा आएको थियो उतिमै विभाजन गरें । प्याकिड्ड गरेर फिर्ता पु¥याए“ । ओहो त्यतिबेलाको फ्रस्टेसन † अझ अर्को यस्तो घटना छ जसलाई सम्झ“दा अहिले रमाइलो लागेपनि त्यतिबेला मलाई हदैसम्म दिक्क बनाएको थियो ।
म ह्युस्टनको जर्ज बुश इन्टरनेशनल एयरपोर्टमा काम गर्थें । मेरो गाडी पार्क गर्ने स्थान त्यहा“को पार्किङ्ग लटको छानामा थियो । जाडो महिना, सायद न्यानो घामको आशामा, चराहरू गाडीको छतभरि बिस्कुन सुकाएझैं टम्म आसन जमाएर बस्थे । घाम ताप्दाताप्दै उनीहरूको बिष्टाले गाडीको छत भरिइसकेको हुन्थ्यो । राति सा“ढे नौ बजेतिर घर फर्कदा हरेक दिन जसो, गाडीको अबस्था देखेर रुनु कि कराउनु जस्तो हुन्थ्यो तर चरालाई रोक्न सकिने उपाय थिएन । फेरि चराको बिष्टा गाडीमा रहिरहन दिनुहु“दैनथ्यो, त्यसले खिया पार्दथ्यो । हरेक दिन गाडी धुन लान समय र पैसा दुबैले साथ दिंदैनथ्यो । यत्तिकैमा एकजना साथीलाई गुनासो सुनाइ रहेकी थिए“, उनले भनिन्, ‘डिस डिटर्जेन्ट’ले सफा गर गैहाल्छ नि †’
अर्को दिन छुट्टी थियो, ग्यारेजबाट गाडी निकालें, बाल्टिनमा ‘डिस डिटर्जेन्ट’ खन्याएर रगडी रगडी गाडी सफा गर्न थालें । पाइपले खल्खल्ति पानी हालेर पखालें । गाडीमा त जतातै सेतो धर्सैधर्सो पो बस्छ त † गाडी नीलो रंगको थियो, जताततै सेतो धर्सो बस्यो, हु“दाहु“दा गाडीको विन्डशिललगायतका ऐनाहरूमा पनि धर्सैधर्सा बन्यो । किन त्यसो भयो, थाहा पाइन, पखाल्दापखाल्दैको गाडीलाई नजिकैको ग्यास स्टेसनको ‘अटो कारवाश’ मा लगें, मसिनले धु“दा पनि धर्सो त जस्ताकोतस्तै । भोलिपल्ट काममा जानु थियो, छुट्टी थिएन, काममा गएर एउटा साथीलाई समस्या सुनाए“ । उसले सोध्यो, ‘कुन डिटरजेन्टले धोएको, हातले भा“डा माझ्ने कि डिसवासरमा हाल्ने ?’
मैले भनें,‘डिसवासरमा हाल्ने †’
मूर्ख हुने पालो आफ्नै थियो, डिसवासरमा हाल्ने डिटरजेन्टमा ‘ब्लिच’ मिसाएको हु“दोरहेछ, त्यही ब्लिचको कारणले गाडीको ‘बडी’ बिग्रिएको रहेछ । मेरी ती साथीको आशय हातले भा“डा माझ्ने साबुनको झोल प्रयोग गर्नु भन्ने रहेछ तर उनले प्रष्ट्याउन नसक्दा र मैले दोहो¥याएर नसोद्धा, मेरो पैसा र समयको दुरुपयोग मात्रै नभइ, कति दिनसम्म मानसिक तनाव पनि खेपें । बल्ल केही दिनपछि एउटा बडिसपले दिनभरी लगाएर थुप्रै पैसा लिएर मेरो नीलो रंगको गाडीलाई पहिलेकै रुप दियो ।
अर्को रमाइलो उदाहरण घरमा रंग लगाउ“दाको पनि छ । भर्खर किनेको घरको भित्तामा तस्विरहरू टा“गेर सजाउ“दै थिए“, चाहिने नचाहिने ठाउ“मा प्वालहरू धेरै भए । सोचें, आइतवार छुट्टीको दिनमा बसेर लिभिङ्ग रुमको भित्तामा रंग लगाउ“छु । होम डिपो गएर रंग किनेर ल्याए“, धमाधम लगाउन थालें । आधा भित्तो पोतेपछि त कोठाको तीनतिरको भित्तो भन्दा अलग्गै छुट्टिने रंग पो परेछ †
फेरि भित्ताको पुरानो रंग खुर्किएर होम डिपोमा देखाउन पुगें, पहिल्यै त्यति बुद्धि निकालेको भए दुःख त पाउनु पर्दैनथ्यो † मलाई टेक्ससले संसारको कुनै कुनामा गएर पनि काम गरेर बा“च्न सक्ने परिश्रमी व्यक्ति बनाइदिएको छ ।
त्यति मात्र होइन, म एक्लो महिलाको परिश्रमले मैले ह्युस्टन सहर भन्दा ४५ मिनेट उत्तरमा एउटा सानो वासस्थान जोडेकी थिए“ र आठ वर्षभित्रै मैले घरको पैसा समेत तिरिसकेकी थिए“ । जुन कुरा त्यही“ जन्मिए÷हुर्किएकाहरूका लागि समेत त्यति सजिलो हु“दैन । किनभने, जीवनको अधेड उमेरमा बसाई सर्न बाध्य भएकी मैले न त त्यहा“ कलेज जाने अवसर प्राप्त गरें, न मसंग कुनै ठूलो डिग्री नै थियो । तापनि, मैले स्वाभिमान र आत्मसम्मानको साथ रगत पसिना बगाएर कमाएको पैसाले बासस्थान जोड्न सफल भएकी थिए“ । त्यसैले होला नेपाल फर्किएर पनि मलाई पैसाको माया लाग्छ, फजुलखर्ची, ब्रयान्डनेमका सामानहरू, आफ्ना लागि मह“गा सामानहरू किन्न जा“गर चल्दैन, पैसाको मूल्य सिकेकी छु ।
उतिबेलाका दिनहरूमा, कहिलेकाही“, हनहन्ती ज्वरो आउ“दाका क्षण र पछिल्ला समयहरूमा पाठेघरको समस्याबाट अधिक रक्तश्राव हु“दाका दिनहरूमा समेत हात खुट्टा थर्थरी कमाउ“दै काममा जा“दाको अबस्था सम्झिएर नेपालमा कतिपय मानिसहरूले फजुलखर्च गरेर पैसा उडाएको देख्दा आश्चर्य लाग्दछ ।
टेक्ससले मलाई सिकाएको अर्को महत्वपूर्ण कुरा ‘समाजसेवा’ थियो । त्यो सा“च्चैको समाजसेवा थियो, त्यो ‘स्वयँसेवा’, नेपालमा जस्तो गैरसरकारी संस्थाहरूमा ‘भोलन्टियर’ गरेको भनेर यता÷त्यता बिल पेस गरेर पैसा खाने प्रवृत्ति थिएन । मैले टेक्ससको ‘अम्बल’ सहर, जहा“ मैले आफ्नो जिन्दगीका अमूल्य क्षणहरू बिताए“, त्यहा“स्थित ःझयचष्ब िज्भचmबल ज्यकउष्तब,ि ल्यचतजभबकत मा हरेक हप्ता, आधादिन ‘स्वयंसेवी’ भएर काम गरें ।
त्यहा“ काम गरेको दिन हामीलाई एकपटक ब्रेकफाष्ट या लन्च खाने मात्र अनुमति थियो, त्यस बाहेक एक कप कफी पिउन मन लागे पनि पैसा तिरेर किन्नु पर्दथ्यो । ड्युटीको बेलामा लगाउने युनिफर्म आफैंले किन्नुपर्दथ्यो, त्यस बाहेक हरेक वर्ष सदस्य हुनको लागि निश्चित शुल्क बुझाउनुपर्दथ्यो ।
त्यहा“ ‘स्वयंसेवी’ हुनेहरू कि त सबै रिटायर्ड जेष्ठ नागरिकहरू थिए कि, कलेजको लागि ‘क्रेडिट’ पु¥याउन आउने युवाहरू, तर म त्यो दुबै समूहमा पर्दिन थिए“ । हामी अस्पतालका बेतलवी खम्वा थियौं, जसको पहिलो मुस्कानले अस्पतालको पहिलो क्ष्mउचभककष्यल दिन्थ्यो । त्यहा“ मैले ९१ वर्ष काटिसकेका स्वयंसेवीहरूसंग समेत काम गर्ने मौका पाएकी थिए“, दुःख त्यतिबेला लाग्दथ्यो, जब, केही दिन अगाडिसम्म हा“स्दै, बोल्दै काम गरेकाहरूको ‘फ्युनरल’मा जाने निम्ता आउ“थ्यो । ती क्षणहरूले मलाई जीवनलाई गतिशील बनाइरहनु पर्ने र अरुको लागि केही गर्नुपर्ने शिक्षा दिएको थियो ।
यस्तै यस्तै अनेकन अनुभव संगालेर, नेपाल फर्किने निर्णय गरें…† जय मातृभूमि ††



