🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिको उम्मेदवारी दिने चाहना व्यक्त गर्ने सैनिकलाई छ बर्ष जेल

काएरो । इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई मङ्गलबार छ बर्षको जेल सजाँय तोकेको छ ।

राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्नेल कोनसोवाले इच्छा प्रकट गरेका थिए ।

राष्ट्रपतिका कानूनी सुरक्षा अधिकारी असाद हैकलले सेनाको जागिरे रहेका कोनसोवाको निर्वाचन लड्ने घोषणा इजिप्टको कानून विपरित भएकोले उनलाई छ बर्षको काराबास सजाँय तोकिएको बताए । 

सैनिक सेवामा सक्रिय रहेको व्यक्तिले राजनीति गर्ने घोषणा गर्नु सैनिक कानूनको उल्लङ्घन हुने भएकोले सैनिक अदालतले उनलाई कारबाही स्वरुप जेल सजाँय तोकिएको हो ।

सिसीसँग प्रतिस्पर्धामा अर्का सम्भावित उम्मेदवार पूर्व तानाशाह हास्नी मुबारकको कार्यकालमा अन्तिम प्रधानमन्त्री रहेका अहमद साफिक रहेका छन् ।