🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाग्लुङमा विदेशबाट आएका ४५ ‘होम क्वारेण्टाइनमा’ 

बलेवा, १४ चैत (रासस): बाग्लुङ जिल्लाका विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ४५ जनालाई ‘होम क्वारेण्टाइन’मा पठाईएको छ । कोरोना भाइरस  प्रभावित देशबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद् व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको हो ।

विशेष गरेर  भारत र खाडी मुलुक तथा मलेसियाबाट फर्किएकाहरुलाई सुरक्षित रहन र अन्य कसैको सम्पर्कभन्दा टाढा रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । होम क्वारेनटाइनमा पठाइएकामध्ये निसीखोला गाउँपालिकामा चार, काठेखोला गाउँपालिकामा ३०, ताराखोला गाउँपालिकामा ११, बडिगाड गाउँपालिकामा एक र ढोरपाटन नगरपालिकामा तीन जना छन् । उनीहरुमध्ये बडिगाड गाउँपालिकाका एक जना भने वैदेशिक रोजगारीमा गएको नभई उच्च ज्वरो आएका कारण औषधोपचारसहित होम क्वारेन्टाइनमा राखिएको हो ।

कोरोनाको सङ्क्रमण भित्रिन नदिन जिल्लाका तीन स्थानमा स्थापना गरिएका हेल्थ डेस्कबाट ३११ जनाको ज्वरो परीक्षण गरिएको थियो । बुर्तिबाङ हेल्थ डेस्कमा परीक्षण गरिएका १८ मध्ये दुई जनामा ज्वरो देखा परे पनि अन्य कसैमा समस्या देखा नपरेको गुरौले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला भित्रिने मुख्य नाका मालढुङ्गा हेल्थ डेस्कमा २८९ र बडिगाड गाउँपालिकाको खरबाङ बजारमा स्थापना भएको हेल्थ डेसकमा चार जनाले जाँच गराएका थिए । ज्वरो देखा परेका दुवैलाई आवश्यक परामर्श र औषधि सिफारिस गरिएको चिाकित्सकले जनाएका छन् ।

यसैबीच जिल्लामा रहेका सरोकार भएकाहरुको बैठकले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १३ सदस्यीय कमाण्ड पोष्ट गठन गरेको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा प्रजिअ गौलोचन सैंजुको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सवारी पासलाई समेत व्यवस्थित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताउनुभयो । कोरोनाका बारेमा सत्यतथ्य पुष्टि भएको खबर मात्र सम्प्रेषण गर्न सञ्चारकर्मी र  सञ्चारमाध्यमलाई अनुरोध गर्ने र गलत समाचार सम्पे्रषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको पन्तले बताउनुभयो ।