🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीज्यू ! यसलाई तीतो नमान्नुस् है 

मानिसले गरेका राम्रा–नराम्रा साना–ठूला सबै काम इतिहासमा अंकित हुन्छन् । इतिहासमा अंकित भएका ती कार्यको अभिलेख मानिसले चाहेर पनि मेट्न सक्दैन । खराब काम गर्ने व्यक्तिले गरेका खराब कामको अभिलेख पनि इतिहासमा रहेको हुन्छ र असल कामको अभिलेख पनि इतिहासमा रहेको हुन्छ । खराब कामको इतिहास र अभिलेख हेर्ने वा पढ्ने मानिसहरूले खराब काम गर्ने मान्छेलाई घृणा गर्छन्, त्यस्तो काम गर्ने मानिसको मृत्यु भइसकेपछि पनि वर्षाैंवर्षसम्म सराप्छन् । 

त्यसको ठीक उल्टो, राम्रो काम गर्ने मान्छेका राम्रा कामको कारणले उसलाई उसको मृत्युपछि पनि अरू मानिसहरूले प्रशंसा गर्छन्, उसप्रति श्रद्धा प्रकट गर्छन् । खराब काम गर्ने मान्छेका जीवित सन्तानले पुस्तौंपुस्ता पछिसम्म पनि खराब काम गरेका आफ्ना पूर्वजका कारणले लज्जाको अनुभव गर्छन् र समाजको अघिल्तिर आफ्नो पुर्खाको पहिचान लुकाउने प्रयत्नसमेत गर्छन् । अर्कातिर असल कामको कारणले इतिहासले सम्झेका मानिसका सन्तानहरूले पुस्तौंपुस्ता पछिसम्म पनि असल काम गरेका आफ्ना पुर्खाको आधारमा समाजमा आफूलाई चिनाउने गर्छन् । असल काम गरेका मानिसका सन्तानहरूलाई समाजले समेत सम्मान गर्छ । त्यसैले असल काम गरेर इतिहासमा नाम लेखाएका मानिसहरूले आफ्ना पुस्तौंपुस्तापछिका सन्तानहरूको सामाजिक प्रतिष्ठासमेत उठाएका हुन्छन् । 

   त्यसैले नै आज कतिपयले आफूलाई पृथ्वीनारायण शाहका सन्तान भनेर चिनाउँछन्, कतिपयले आफूलाई कालु पाँडेका सन्तान भनेर गर्व गर्छन् । त्यसैगरी बालकृष्ण समका सन्तान, लक्ष्मीप्रसाद देवकोटाका सन्तान भनेर उनीहरूका सन्तानले आफूलाई सगर्व चिनाउँछन्, अरूको अघिल्तिर । सम्भवतः असल काम गरेर प्रसिद्धि कमाएका मानिसका सन्ततिहरूले पुस्तौंपछिसम्म समेत समाजमा आफ्नो व्यक्तित्व विकास गर्नका लागि सहज वातावरण प्राप्त गर्छन् । यसरी समाज र राष्ट्रका लागि केही योगदान दिनसक्ने स्थानमा पुगेका मानिसहरू सबैले आफू शक्तिमा पुगेको र रहेको बेलामा असल काम गरेर पुस्तौंपछिसम्मका आफ्ना सन्ततिहरूको शिर ठाडो बनाइदिन, गर्विलो बनाइदिन सक्छन् । 

प्रधानमन्त्री, मन्त्रीजस्ता ओहोदामा पुगेका मानिसहरूले पनि अवसरको उपयोग गरेर आफूलाई इतिहासमा अमर बनाउन र पुस्तौंपछिसम्मका आफ्ना सन्तान र नातापाता, दाजुभाइ, दिदीबहिनीसमेतको अनुहार उज्यालो बनाइदिन सक्छन् । तर, पदमा पुगेका बेलामा धेरैजसो मानिसहरूले आफूलाई प्राप्त त्यस्तो अवसरको उपयोग गर्ने कुराको उपेक्षा गर्छन् र राजकीय शक्ति र स्रोतको दुरूपयोग गरेर आफ्नो तत्कालीन स्वार्थ अनुचित ढंगले पूरा गर्ने प्रत्यन गर्छन् भन्ने कुरा इतिहासले देखाएको पाइन्छ । वर्तमान समयमा नेपालकै राजनीतिक नेताहरूका क्रियाकलपाहरू हेरेर पनि पदमा पुगेका बेलामा धेरैजसो नेताहरूमा आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने प्रवृत्तिको जन्म र विकास हुन्छ ।

उनीहरूले देश र जनताको हितको संरक्षण र प्रवद्र्धन गर्ने काममा आफूलाई समर्पित बनाउने कुरामा ध्यान नदिई आफूलाई आफ्नो र आफ्ना आसेपासेको अनुचित स्वार्थ पूरा गर्ने काममा समर्पित बनाउँदै जान्छन् भन्ने कुराका उदाहरणहरू पनि फेला पर्छन् । नेताहरूले आफू पदमा रहेका बेलामा वरिपरि झुम्मिने मानिसहरूको गुणगान र हाई–हाईलाई हेरेर संसारमा सबैले नै यसरी आफ्नो गुणगान गरिरहेका छन् र पछिसम्म गर्छन् भन्ने भ्रमबाट आफूलाई मुक्त राख्न आवश्यक हुन्छ । 

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको दोस्रोपटक प्रत्यारोपण भएको छ । प्रधानमन्त्री ओलीले लामो समयसम्म नै आराम गर्नुपर्छ भन्ने कुराहरू पनि सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री ओलीले पटक–पटक प्रधानमन्त्री भएर मुलुकको शासनसत्ता सम्हाल्ने अवसरसमेत पाएका छन् । त्यसैले उनलाई अब मुलुकको प्रधानमन्त्री हुन् पाए यो–यो काम गर्ने थिएँ भनेर पछुताउनुपर्ने अवस्था पनि छैन । यस अवस्थामा उनले आफ्नो उत्तराधिकारीको छनौट गरेर आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने हो भने मात्रै पनि उनले नेपालको इतिहासमा एउटा नयाँ दृष्टान्त प्रस्तुत गर्न सक्छन् । 

  नेपालका राजनीतिक नेताहरूले शक्तिमा पुग्ने अवसर पाएका बेलामा त्यस्तो अवसरको त्याग गरेका दृष्टान्तहरू विरलै पाइन्छन् । त्यसैले प्रधानमन्त्री ओलीले अहिले त्यसको उदाहरण प्रस्तुत गर्ने हो भने त्यसबाट मात्रै पनि उनलाई इतिहासले एउटा त्यागी राजनीतिक नेताका रूपमा स्मरण गर्ने सम्भावना रहेको देखिन्छ । उनले साँच्चै आफ्नो जिम्मेवारी हस्तान्तरण गर्न चाहे र अझ त्यस्तो जिम्मेवारी सम्हाल्ने अवसर नपाएका व्यक्तिलाई दिने निर्णय गरे भने त्यो उनको अर्काे साहसिक कार्य र उदाहरण हुने देखिन्छ । 

 पहिले प्रधानमन्त्रीको कुर्सीमा बसिसकेका सत्तारूढ दलका नेताहरूले गर्न सक्ने काम र गर्न चाहेका काम पहिले कुर्सीमा पुगेको बेलामा गरिसकेको मान्नुपर्ने हुन्छ । यस्तो अवस्थामा एउटै व्यक्तिले पटक–पटक एकै प्रकारको जिम्मेवारी पाउनुभन्दा नयाँ व्यक्तिले त्यस्तो जिम्मेवारी पाउँदा देश र जनताले केही नयाँ र राम्रो कुरा पाउने सम्भावना रहन्छ भन्ने कुरालाई मान्नुपर्ने हुन्छ । 

 अहिलेका प्रधानमन्त्री केपी ओलीलेले गंभीर स्वास्थ्यस्थितिका कारण पद हस्तान्तरण गर्ने निर्णय लिएमा सो निर्णयले एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने छ र उनलाई नेपालको इतिहासले सम्मानजनक स्थान प्रदान गर्ने कुरा स्पष्ट छ । उनी नेपालको वर्तमान राजनीतिमा सर्वमान्य नेता हुन पुग्ने कुरामा पनि विवाद देखिंदैन । त्यसैगरी सत्तारूढ दलका पहिले प्रधानमन्त्री भइसकेका नेताहरूले पनि फेरि प्रधानमन्त्रीको पदको दाबी नगरी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय लिएमा उनीहरूले पनि इतिहासमा उत्तिकै सम्मानजनक स्थान बनाउन सक्दछन् । नेताहरूले साँच्चै नै मुलुकको हित चाहन्छन् भने उनीहरूले आफू पदभन्दा बाहिर बसेर पनि पदमा बस्ने मान्छेलाई ठीक बाटोमा हिंड्ने प्रेरणा दिन सक्छन् । 

  अहिले सत्तारूढ दलका शीर्षस्थ नेताहरूले युवा र नयाँ पुस्तालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेमा त्यसले नेपालको राजनीतिक इतिहासमा एउटा अलग र स्वच्छ संस्कृतिको जग बसाल्नसमेत सक्दछ । नेताहरू वास्तवमै पदलोलुप छैनन् र हैनन् भन्ने कृुराको बलियो प्रमाणसमेत नेताहरूले देखाउन सक्छन् । जिम्मेवारी हस्तान्तरण गर्ने यस्तो स्वर्णिम अवसरबाट नेताहरूले फाइदा उठाउन सक्छन्÷सक्दैनन् भन्ने कुरा नेताहरूको स्वेच्छिक निर्णयबाट मात्र स्पष्ट हुने अवस्था छ । समाजले शीर्षस्थ नेताहरूबाट साहसिक र ऐतिहासिक निर्णय होस् भन्ने चाहना मात्रै राख्न सक्छ र राखेको समेत छ । (२०७६ चैत २ गतेकाे साँघु साप्ताहिकबाट)