🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना महामारी रोक्न पूजापाठ ?

काठमाडौं । लगभग विश्वभरी नै कोरोना भाइरस भनिने जैविक विषाणुको प्रकोपले महामारी रोगको आतंक फैलिंदै गएपछि परम्परामा विश्वास गर्ने जनसमुदायहरूले धार्मिक प्रार्थनासभा, शास्त्रीय पाठपूजा गर्न थालेका छन् । रोगव्याधी निवारणका लागि देवी देउता पुकार्ने प्रचलन पहिले देखिकै हो । असाध्य रोग भनि थाहा पाएपछि मानिसहरू कर्मकाण्डतिर झनै लाग्ने नै भए । पहिले पहिले हैजा, दादूरा, प्लेग (मार्की) जस्ता सरुवा रोगहरूको प्रकोप फैलिने गर्दा पनि देवी माईको क्षमापुजा चलाउने गरिन्थे । 

शास्त्रीय भनाई अनुसार मातृका गण (भाई) का प्रमुख देवी महाकाली हुन् र उनले धारणा गर्ने गरेका आर्युवहरू त्रिशुल, खड्ग, कपाली नरमुण्डाको अतिरिक्त छालाको थैलीमा कम्मपरमा बोकेको रोगाणु पनि एउटा हो । देवी क्रुद्ध हुँदा उक्त छालाको थैलीको मुख खोलिदिन्छ र भयानक खालको सरुवा रोग फैलिने गर्छन् । त्यसकारण देवीमाई प्रशन्न पार्नका लागि क्षमापुजा अनुष्ठानहरू आयोजना गराउँछन् । अझै पनि परम्पारिक प्रचलन अनुकरण गर्ने र आधुनिक शिक्षा हासिल नगरेकाहरूले आफ्नो संस्कृतिकै रुपमा रोग निवारणका लागि पूजापाठको सहारा लिने गरेको पाइन्छ ।

चीनको दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने धेरैजसो अल्पसंख्यक जातिहरूमा पनि सरुवा रोग हटाउन पुजा पाठ गर्ने पुरानो परम्परा र मान्यता रहेका छन् । कोरोना भाइरस फैलिन थालेपछि चीन सरकारले कुनै पनि अन्धविश्वासको भर नपर्न, तथ्यहीन भ्रामक विचार र समाचार सम्पे्रषण नगर्न निर्देशित गर्ने गरेको बताइन्छ । त्यसो गर्दा आम जनता भ्रममा नपर्ने र आतंकित नहुने विश्वास गरिन्छ । हिमाली दुर्गम क्षेत्रहरूमा उहिले देखि नै आधुनिक शिक्षा र आधुनिक प्रविधिबाट उपचारको व्यवस्था नहुनाले जातीय संस्कृतिकै रुपमा त्यस्तो अन्धविश्वासमा आधारित प्रचलन चलिरहेका थिए ।

उनीहरूको भनाई मा नै रोगको वैद्यबाट ओखति मूलो गर्ने र दैवी तथा भूतप्रेतको प्रभावलाई पूजापाठ र मन्छाउने तन्छाउने काम धामी झाँक्री (बोन)बाट गराउने भन्ने छ । अहिले चीनको तिब्बत स्वशासित क्षेत्रमा आधुनिक वैज्ञानिक शिक्षा र उपचार केन्द्रको व्यवस्था चुस्तदुरुस्त भएपनि परम्परागत विश्वासको आधारमा झारफुक र जडिबुटी उपचारमा पनि उत्तिकै विश्वास गर्ने गर्छन् । अर्थात् त्यसबाट केही समुदाय र व्यक्तिहरूले आत्मसन्तुष्टी लिने गर्दै आएका छन् । 

नेपालकै दुर्गम हिमाली क्षेत्रका बासिन्दाहरूमा पनि त्यस्तै संस्कार कायम रहेको पाइन्छ । काठमाडौंको बौद्ध क्षेत्रमा पनि तिब्बती शरणार्थीहरूको बाक्लो बसोबास रहेको छ । शरणार्थी लामाहरूका थुप्रै गुम्बा बिहारहरू पनि निर्माण भइसकेका छन् । अहिले कोरोना विषाणुको रोगको व्यापक हल्ला भएपछि बौद्ध क्षेत्रमा पूजापाठ, जपतप दैनिक रुपमा व्यापकरुपले सञ्चालन हुँदैछ । केही गुम्बाका लामा रोगााणु नियन्त्रण गर्ने वैद्यका औषधिका गोली, बुटी जन्तरहरू ‘निशुल्क’वितरण गरिरहेको भन्ने सूचनाहरू विभिन्न माध्यमबाट प्रचार गर्ने गरेको पाइन्छ ।

प्राचीन औषधशास्त्र (वैद्य विद्या)मा सूक्ष्म जीवाणु निवारक ओखतीको विधिसूत्र विकसित नभएको मानिन्छ । अहिले कसैले त्यस्तो विधि छ भन्ने गरेता पनि रामदेवको औषधिहरू जस्तै आधुनिक औषध विज्ञान र प्राचीन वैद्य शास्त्र दुवैको सिद्धान्तभित्र नपर्ने प्रयोगात्मक दृष्टिले बनाएका ‘नक्कली औषध’ ठहर्ने भएकाले स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । 

  बौद्धनाथ घ्याङ गुठीले पनि कोरोना रोगको निदानको लागि भनि दैनिकरुपमा बौद्धनाथ परिसरभित्रको माईस्थानमा पूजापाठ गराउने गरेका छन् । उक्त माईपूजा (क्षमापूजा)मा बौद्ध घ्याङ गुठीका प्रमुख चिनिया लामा, भूपति बज्र स्वयम् सक्रियरुपमा खटिएको देखिन्छ । 

 बौद्धका माईलाई नेवारहरूले ‘अजिमा’ तामाङहरूले ‘माम’ भनि सम्बोधन गर्ने गर्छन् । दुवैको शब्दार्थ भने ‘बज्यै’ भन्ने हो  । वास्तवमा उक्त देवी आर्य अष्ट मातृका गण मध्येका षष्टी मातृका वा छैठौं (छठीमाई) देवी मातृका हुन् । रोगाणु हटाउन पूजापाठको सहारा लिनुले समाज अझै आधुनिकीकरण नभएको प्रष्ट हुन्छ । यस्तो बेला सरकारले सही सूचनाहरू जनतामा सम्प्रेषण गर्नुपर्ने र सचेतना जगाउनुपर्ने बेला हो भनि स्थानीय बौद्धिक व्यक्तिहरूले सुझाव दिने गरेका छन् ।