🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

काठमाडौँ, ३  चैत (रासस) : काठमाडौँको कपनबाट चैत २ गते  प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले सञ्चालन गरेको अर्काे सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले चैत २ गते नै सिल गरेर राखिएको र चैत ३ गते सोमबार पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको