🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली चिकित्सक पक्राउ

सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि  निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको  प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता समेत रहनुभएका रावलले बताउनुभयो । उहाँका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ । 

फरार प्रतिवादी पक्राउ

    जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिनुभयो । उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएका उहाँले बताउनुभयो ।

जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।