🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको छ । सङ्घले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै हालसम्म तीन प्रतिशत महिलाले मात्र पार्टीको सो सदस्यता पाउन सकेको जानकारी गराउँदै सो माग गरेको हो । 

पार्टीको विधानमा आगामी १४औँ महाधिवेशनबाट लागू हुने गरी वडा समितिदेखि केन्द्रीय समितिसम्म एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । गाउँगाउँमा सङ्गठन गर्न दुःख गरेका तथा पार्टीका हरेक कार्यक्रममा सक्रिय रुपमा भूमिका निर्वाह गरेका महिला अझै पनि पार्टीको क्रियाशील सदस्यता पाउनबाट वञ्चित रहेको सङ्घका  अध्यक्ष उमा रेग्मीले बताउनुभयो । 

सो पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि फागुन १६ गतेदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको पार्टीले जनाएको छ । सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश ९काँग्रेसका जनसम्पर्क समिति० गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ ।