🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई वर्षदेखि भारतमा अलपत्र तीन नेपाली बालकको उद्धार

चन्द्रौटा, २ फागुन : भारतको गोरखपुरमा दुई वर्षदेखि अलपत्र रहेका तीन नेपाली बालकको उद्धार गरिएको छ ।

शान्ति पुनस्र्थापन गृहले नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरेको हो । दाङको घोराही उपमहानगरपालिकाका १० वर्षीय रामु पुन, प्यूठान ऐरावती गाउँपालिकाका १२ वर्षीय दिलीप जिसी र १४ वर्षीय केशव जिसीलाई भारतबाट उद्धार गरिएको हो । 

दुई वर्षअघि बेपत्ता भएका बालक कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा गोरखपुरमा फेला पारिएको थियो । दिलीप र केशव साथीहरुको लहलहैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

तीनै जनालाई कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । संस्थाले एक वर्षको अवधिमा १३ बालबालिकालाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थीले बताउनुभएको छ । रासस