🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुगर रोगीका लागि गुणकारी लसुन 

रक्तचापको नियन्त्रण : लसुनको प्रयोगले मधुमेह रोगमा चिनीको मात्रालाई सामान्य राख्दछ । लसुनले यस्तो हर्माेन्सको निर्माण गर्दछ जसले चिनीको मात्रालाई नियन्त्रणमा राख्दछ । 

हृदय स्वस्थ राख्दछ  : मधुमेहका विरामीहरू हृदयको स्वास्थ्यलाई लिएर एकदमै सावधान रहनु जरुरी छ । मधुमेह रोगका विरामीहरूमा हृदय रोगहुनु अति खतरनाक हुन्छ । यसका लागि नियमितरुपमा लसुनको प्रयोग गर्नुपर्दछ । यसले रगतमा खराब कोलेस्ट्रोलको स्तरलाई कम गर्नुका साथै हृदयलाई स्वस्थ राख्दछ । लसुनमा गुड कोलेस्ट्रोलको स्तर वृद्धि गर्ने तत्व रहेको हुन्छ । 

उच्च रक्तचापमा फाइदाजनक : मधुमेहबाट ग्रसित व्यक्तिमा उच्च तनाव तथा उच्च रक्तचापको समस्या एकदमै खतरनाक हुन्छ । प्रतिदिन कम्तीमा पनि एक तथा दुई केसरा लसुन खानु आवश्यक छ । यसले रक्तचाप नियन्त्रण गर्ने सल्फाइड्स प्रवाह गर्दछ । यो सल्फाइड लसुन पकाए पश्चात पनि नष्ट हुँदैन । दाल, मसाला जहाँ मिसाए पनि लसुनमा रहेको सल्फाइड नष्ट हुँदैन । 

कोलेस्ट्रोल घटाउँदछ : लसुनको प्रयोग कोलेस्ट्रोलबाट पीडित मानिसहरूको लागि अमृत सावित हुनसक्छ । शरीरमा कोलेस्ट्रोलको स्तर वृद्धि हुनाले यसको सीधा असर मधुमेहमा पर्न जान्छ । साथै विभिन्न रोगहरूको सामाना गर्नुपर्दछ जस्तै हृदय रोग, मोटोपन एवं अन्य । वैज्ञानिकको तथ्य अनुसार लगातार चार हप्तासम्म लसुनको प्रयोगले कोलेस्ट्रोलको १२ प्रतिशत वा त्योभन्दा बढी कम हुन सक्दछ ।