🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति थापाको निम्ताेमान्न बंगलादेशका सेना प्रमुख नेपालमा

 काठमाडौं ।  प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc   २०७६ माघ २४  गते काठमाण्डौ आइपुगेका छन्  । अजिज अहमदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरेका थिए।  

  General Aziz Ahmed ले  २०७६ माघ २५ गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने  तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले बताएको छ ।

भ्रमणको दौरान  General Aziz Ahmed ले पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै  General Aziz Ahmed ले २०७६ माघ २६  गते  प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान  General Aziz Ahmed ले २०७६  माघ  २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र  सोही दिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । पाँच दिने औपचारिक भ्रमण पुरा गरी उहाँ मिति २०७६ माघ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको नेपाली सेनाले बताएको छ ।

 यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।