🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललिता निवास जग्गा प्रकरण : विजय गच्छदार तानिने ! 

काठमाडौँ,२१  पुस : कांग्रेसका उपसभापति हुन् विजय गच्छदार । धेरै पटक मन्त्री बनेर कीर्तिमान बनाएका उनी विपक्षीप्रति उत्तिकै आक्रामक रूपमा प्रस्तुत हुने नेतामा पनि पर्छन् ।

 सरकारको काम–कारबाहीलाई लिएर यतिबेला प्रमुख विपक्षी दल नेपाली कांग्रेस सरकारको आलोचनामा उत्रिरहेको छ । शेरबहादुर देउवाका पछिल्ला भाषणको मुख्य तारो नै सरकार बन्ने गरेको छ । अन्य नेता पनि सत्तारूप्रति बेखुस छन् । तर, यही पार्टीका उपसभापति गच्छदार भने मौन छन् । उनले अहिलेसम्म सरकारको आलोचना गरेको सुन्नमा आएको छैन । आखिर गच्छदार प्रतिपक्ष धर्मसमेत निर्वाह नगरी किन मौनता साँधिरहेका छन् ?

स्रोतका अनुसार, बालुवाटारस्थित ललिता निवास जग्गा अनियमिततामा मुछिएका गच्छदार यो प्रकरणले भयभीत बनेका छन् । उनी जग्गा प्रकरणमा तानिने लगभग निश्चितजस्तै भएको छ । दीप बस्नेतसहित अन्य व्यक्तिको समेत यसमा संलग्नता भेटिएपछि अख्तियारले यसमा केही दिनभित्रै ठोस निर्णय लिने तयारी गर्दैछ ।

अख्तियार भित्रभित्रै जति सक्रिय छ, गच्छदारको बेचैनी पनि उत्तिकै बढेको छ । आफ्नै पार्टी सरकारमा हुँदासमेत यौन दुर्व्यवहारको अभियोगबाट पार पाउन नसकी सडकमा पुगेका कृष्णबहादुर महराको हविगत देखेर उनी झनै अत्तालिएका छन् । स्रोतका अनुसार, यो प्रकरणबाट पार पाउन गच्छदारले ल्याकतले भ्याएसम्म हारगुहार गरिरहेका छन्, पार्टीदेखि बाहिरसम्म । विभिन्न शक्तिकेन्द्र धाइरहेका गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर क्षमादानका लागि अनुनय गर्ने पनि सोचेका छन् ।

यसका लागि उनले प्रधानमन्त्रीसमक्ष तारखबर पनि पु¥याएका हुन् । तर, प्रधानमन्त्रीले गच्छदारलाई भेट्ने मुडमा छैनन् । प्रधानमन्त्रीले भेट्ने समय नदिएपछि उनी निराश बनेको चर्चा कांग्रेसभित्र छ । ‘गच्छदार यतिबेला बालुवाटारस्थित  ललिता निवास जग्गा प्रकरणमा मुछिने तनावले भयक्रान्त छन्’, स्रोतले भन्यो, ‘त्यसैले उनी यतिबेला यसबाट उन्मुक्ति पाउन शक्तिकेन्द्र धाइरहेका छन् । प्रधानमन्त्रीलाई भेटेर क्षमादानका लागि बिन्ती बिसाउने सोच बनाए पनि त्यो भने पूरा भएको छैन ।’

अन्तिम तयारीमा अख्तियार

प्रतिष्ठाकै विषय बनेको ललिता निवास जग्गा अनियमितताबारेको छानबिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगभग टुंग्याएको छ । अख्तियार स्रोतका अनुसार, छानबिनबाट निस्किएको निष्कर्षलाई अहिले अन्तिम रूप दिने काम भइरहेको छ ।

अन्तिम निष्कर्ष लिग हुने खतरालाई मध्यनजर गर्दै अख्तियारले प्राप्त निष्कर्षलाई निकै गोप्य ढंगले लिपिबद्ध गरिरहेको बताइएको छ । ‘अख्तियार अहिले ललिता निवास जग्गा प्रकरणको छानबिन टुंग्याएर अन्य तयारीमा लागेको छ’, स्रोतले भन्यो, ‘प्राप्त अध्ययनको निष्कर्ष चुहिने खतरा भएकाले अहिले चनाखोपूर्वक काम भइरहेको छ ।