🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म आफैं पो उल्लु !

"बरवाद  गुलिस्ताँ करने को  बस एक ही उल्लु काफी है 
 हर शाख पे उल्लु बैठा है अंजामे गुलिस्ताँ क्या होगा ।"- (शौक बहराइची ,भारत)

हामीलाई बाटो देखाउनेहरु कोही कालापानीको (मा.शेरबहादुर देउवाज्यू) त कोही टनकपुरको (मा. गोकुल बाँस्कोटाज्यू) हिसाव माग्न थाल्नु भएछ  । 

ठमेलको महंगो क्लबमा महंगाहरुको माझमा गुञ्जिएको राष्ट्रवाद प्रदर्शन गर्ने गीतमा हल्लिएका पाइलाहरु यूट्यूवमा हेरियो र सुनकोशीको तिरमा "जान्छु म त सुनकोशी तरेर जिन्दगी भर न आउने गरेर" ..गीतको भाखाले पानीको सुशेलीलाई जित्दै टालेको चोलो लाएर गिट्टी कुट्दै गरेकी सुन्तली मझिनीका निधारबाट चुहेका पसिना पनि प्रत्यक्ष देखियो । 

\"\"

(कार्टुन साभार :-आर्काइव.नेपालीटाइम्स.कम /इन्टरनेट २०७६।०८।१० समय दिनको ११.५५, लेखक स्वयं )

कोहीका भने पसिना तरर..;सिमली छाँया…; भोका नाङ्गा नानीहरु जस्ता सामाजिक न्याय उन्मुख गीतका धुन आफनो मोवाइलको धुनमा राखेकाहरुले अचेल ‘अपडेट’(मा.ईश्वर पोखरेलज्यूले कार्यकर्तालाई अर्तिदिँदा प्रयोग गर्नु भएको शव्द सापटी) भएर मै रङ्ग सर्वतोका..; मेकअप करलिया ..; लुटगए हम बजारों मे बल्ले बल्ले जस्ता गीतका धुन रातारात परिवर्तन गरेको पनि सुनियो । राजनीतिमा आफूले विगतमा गरेका कलंकहरु विर्सेर कसरी अरुको कलंक चाहिं हत्तपत्त देखाउन मान्छेहरु अग्रसर हुँदा रहेछन भन्ने राजनीतिक चर्तिकला पनि हेरियो ।

 मलाई देशको राजनीतिक सतहमा जे देखिन्छ त्यो होइन भन्ने कुरा पनि थाहा छ । हत्तेरिका ! न चाहिंदो कुरामा ध्यान दिएर आफू  उल्लु बनेकोमा स्वयं धिक्कार्दै

" दिलको खुश रखनेके लिए" मैले बहराइचीज्यूलाई मात्र हैन गालीवलाई पनि सम्झिएँ !!!

"हमको मालुम है जन्नत की हकीकत लेकीन
दिल के खुश रखने को गालीव ए ख्याल अच्छा है ।"-(मिर्जा गालीव,भारत)

 ( विराटनगर निबासी लेखक नेपाल सरकार  र कृषि विकाश बैंकका पूर्व कर्मचारी पनि हुन, ९८४१९३०५३९)