🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टीको जिम्मेवारी प्रचण्डलाई : सरकारको ‘आलोपालोको तमसुक’ च्यातियो ! मन्त्रिपरिषद हेरफेर ?

काठमाडौं । आज बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । सचिवालयको बैठकले केही महत्वपूर्ण निर्णय पनि गरेको छ । स्रोतका अनुसार, पार्टी अध्यक्षको मर्यादाक्रम अहिले जे छ, त्यही कायम राख्दै जिम्मेवारी अध्यक्षद्वयले बहन गर्ने । पार्टीको कार्यसंचालन, अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले ‘बढी गर्नेगरी’ निर्णय भएको जानकारी हुन आएको छ । 

\"\"

\"\"
जानकारी हुन आए अनुसार, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई स्थिरता प्रदान गर्नका लागि ‘आलोपालो’को अनौपचारिक तमसुक च्यातेर पा“चै वर्ष केपी ओलीको नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सचिवालयले सर्वसम्मत निर्णय गरेको छ । 

सरकारलाई गतिदिन मन्त्रिपरिषद्को हेरफेरको अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाले प्रधानमन्त्री केपी ओलीले पार्टी नेताहरुको सल्लाह, सुझाव, राय अनुसार, आफूअनुकूल हेरफेर गर्ने अधिकार समेत दिएको थाहा भएको छ । स्रोतका अनुसार, मन्त्रिपरिषद्को हेरफेर आजै अबेरसम्म भएपनि गर्नेगरी सरसल्लाह भइरहेको छ । 
 

प्रधानमन्त्री निवास बालुवाटार स्रोतले सम्भवत : आजै रातिसम्म मन्त्रिपरिषद हेरफेर हुने दावी गरेतापनि अहिले साँझ ४.३५ बजेसम्म राष्ट्रपति निवास बालुवाटारमा कुनै खबर नगएको शीतल निवास स्रोतले बतायो। 

नेकपा सचिवालय बैठकः ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने

राससका अनुसार,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो ।

“अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्र्णय भएको छ”, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय गरेको छ ।

बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्नुहुने छ । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताउनुभयो । –––