🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै

सिमकोट, मंसिर ३ । हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।  उक्त परियोजनामा ७० प्रतिशत सङ्घीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिनुभयो । 

जिल्लाको सिमकोट गाउँपालिका–३, ४ को पाँच सय हेक्टर क्षेत्रफलमा सो परियोजना कार्यान्वन हुने जनाएको छ । “समुद्री सहतबाट दुई हजार एक सयदेखि तीन हजार मिटर उचाईसम्मको भु–भागमा स्याउ उत्पादन गर्न सकिने छ”, इकाई प्रमुख पालले भन्नुभयो, “स्याउ खेती विस्तारका लागि जिल्लाका सातवटा गाउँपालिकासँग समन्वय भइरहेको छ ।” 

      
जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको बीउ, नयाँ पद्दति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर स्याउखेती गरिने उहाँले बताउनुभयो । 

       
स्याउ जोन कार्यक्रमका लागि ठाउँ छनोट गरेर माटो परीक्षण गरी स्याउखेती शुरु गरिने उहाँले बताउनुभयो । अबको दुई, तीन वर्षमा सिमकोट गाउँपालिका–३र४ मा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पनि उहाँले बताउनुभयो । 

स्याउ जोन कार्यक्रम लागू भएपछि यहाँका किसानको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ । 
      

हुम्लामा केही किसानले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दै आएको भएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजारसम्म पु¥याउन नसक्दा यसको खेतीतर्फ किसानको निरासा बढ्दै गएको स्याउ उत्पादक किसान गोविन्द लामाको भनाइ छ । 

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यान्त्रिकीरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुरु गेरको हो ।