🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैकिङ कसुर मुद्दाका दोषी दुई जना कारागार चलान

काठमाडौँ, १९ कात्तिक : बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ । अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

 

 बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ साल मङ्सिर २१ को फैसलाले सञ्जयलाई तीन वर्ष कैद र रु एक करोड ९५ लाख २६ हजार जरिवाना तथा लक्ष्मीदेवीलाई रु ७९ लाख २२ हजार जरिवाना र दुई वर्ष कैद तोकेको थियो । 

 

 विसं २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफूखुशीरुपमा जग्गाको अस्वाभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको हो । 

 

सिआइबीको टोलीले उक्त सजाय बेरुजु रही फरार रहेका सञ्जयलाई कात्तिक १७ गते काठमाडौँको गौशालाबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी आज जिल्ला अदालत पर्सामा बुझाएको थियो । उनीहरुलाई आजै अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको पाण्डेले जानकारी दिनुभयो । रासस