🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । 

    राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ  । 

    सो अवसरमा आयोगका सदस्यसमेतको उपस्थिति रहेको थियो । आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । सो अवसरमा आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने बताउनुभयो । 

    प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् । 

    यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

     उहाँका अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।