🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश प्रमुखहरु एक्कासी किन हटाइए ? 

काठमाडौं । एक्कासी प्रदेश प्रमुख हटाउनुमा नेकपाभित्रको राजनीति के हो ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अढाई बर्ष पहिला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई प्रदेश प्रमुख नियुक्त गरेर विवाद सिर्जना गरेका थिए । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य विग्रिदै गएपछि एक्कासी प्रदेश प्रमुख हटाउने निर्णय लिइएको छ ।

प्रतिनधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै प्रदेश प्रमुख हटाउने तयारी गरिएको थियो । तर, कांग्रेससंग सम्बन्ध नविगार्ने भनेर उनीहरुलाई निरन्तरता दिइएको थियो । त्यतिबेला कांग्रेस र मधेशकेन्द्रित दल मिलेर प्रदेश प्रमुख नियुक्त गर्दा तत्कालीन माओवादीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो । 

 यतिबेला प्रदेश प्रमुख हटाउनुमा मूलतः दुई कारणले भूमिका खेलेको बताईन्छ । पहिलो प्रधानमन्त्री ओलीको स्वास्थ्य । स्वास्थ्यका कारण आराम गर्नुपर्ने अवस्था आएमा जुनसुकै बेला पनि प्रधानमन्त्री छोड्नुपर्ने हुन सक्छ । सरकार र पार्टीको नेतृत्व आफ्नै कमाण्डमा भएकाले सबैतिर ब्यवस्थापन भटाभट गर्ने सोचले काम गरेको टिप्पणी गरिदैछ । त्यसै कारण प्रमुख नियुक्तिहरु एकैपटक गर्न खोजेको देखिन्छ । 

 नेकपाका एक नेताको भनाइ अनुसार, मुख्य स्थानमा भरसक आफ्ना मान्छेहरु सेट गर्न प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक चारवटा प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री ओली निकट रहेका छन् । उनीहरुलाई काम गर्न थप सहज होस् भनेर ओलीले आफ्नो समूहका मान्छेलाई नियुक्त गर्न अहिले प्रदेश प्रमुखहरु हटाएको चर्चा छ ।  दोस्रो कारण भनेको, कांग्रेसलाई दबाब दिन ।

पछिल्ला दिनमा कांग्रेसले नेकपासंग मिल्ने भन्दा पनि चर्को रुपमा सरकारको विरोध गर्दै आएको छ । निरन्तरको विरोध र संवैधानिक निकायसमा समेत वार्गेनिङ्ग  गरेर भागबण्डा खोज्दै अत्तो थाप्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेसनिकट प्रदेश प्रमुखलाई हटाएको पनि चर्चा गरिएको छ ।