🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बर्बर आक्रमणको नेकपाद्वारा घोर भत्र्सना 

काठमाडौँ, ६ कात्तिक (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । 

आज बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।”
–––