🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसद झपट रावलको \’दाहिने हात\’ भन्ने विजय रावल पक्राउ

कैलाली, ९  असोज । कैलालीको जानकी गाँउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष  खगेन्द्र भण्डारीलाई कुटपिट गर्ने विजय रावललाई प्रहरीले असोज ८ गते बुधबार कटासे बजारबाट पक्राउ गरेको खबर छ । 

२०७६ असोज ५ गते आयोजित राष्ट्रिय माध्यामिक विद्यालय पाताभारको अभिभावक भेलामा रावलले वडा अध्यक्ष भण्डारीलाई कुटपिट गरेका थिए ।  रावलको कुटपिटबाट घाइते भण्डारीले प्रहरी चौकी अमरावती र इलाका प्रहरी कार्यालय टीकापुरमा घटनाबारे जानकारी गराई उजुरी दिएका थिए ।

प्रहरीले घटना भए लगत्तै पीडितबाट जानकारी पाए पनि कुटपिट गर्ने रावललाई पक्राउ गरेको थिएन । रावललाई पक्राउ नगर्न कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलले प्रहरीलाई दवाव दिएका थिए । "माननीयज्यूले आपसको झगडा हो हामी आफै मिलाउछौं पक्राउ नगर्नु'' भनेको इलाका प्रहरी कार्यालय टीकापुरका एक जना प्रहरीले बताएका थिए  ।    

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफुले भनेको व्यक्तिलाई चयन नगरेको भन्दै रावलले वडा अध्यक्ष भण्डारीलाई कटपिट गरेका थिए । वडा अध्यक्ष भण्डारी माथि कुटपिट गर्ने विजय रावल सांसद झपटबहादुर रावलका नातेदार र सांसद रावलका ''दाइने हात'' भनी चर्चित छन्  ।

पूर्वी कैलालीमा ठेक्कापट्टाबाट असुली गरेर सांसद रावललाई बुझाउने गरेको विजय रावलको समूहमाथि आरोप लाग्दै आएको छ । 

सांसद झपटबहादुर रावलले प्रक्राउमा अवरोध गर्दा गर्दै पनि स्थानियवासीको चर्को दवाव पछि प्रहरीले विजय रावललाई पक्राउ गरेको हो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यस घटनाले चर्चा बटुल्न थालेपछि प्रहरी रावललाई पक्राउ गर्न बाध्य भएको पीडितका परिवारले बताएका छन्   । रावललाई असोज ९ गते  जिल्ला प्रशासन कार्यालय धनगढीमा पुर्याईने प्रहरीले बताएको छ ।