🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कालो दिन भन्नेको मन पनि कालै रहेछ : नेता रावल

काभ्रेपलाञ्चोक, २ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताए । 

    राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए  । उनले नेपाली काङ्ग्रेसले तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताए  । 

    “पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ”, उनले भने  । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको नेता नेपालको आरोप थियो ।

नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उल्ट्याएको बताए ।  

    नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले हरेक राष्ट्रको आ–आफ्नो राष्ट्रिय पहिचान भएको चर्चा गर्नुभयो । भाषा, संस्कृतिअनुसार पहिचान दिलाउन सकिने उनको भनाइ थियो । उनले भने, “नेपाली हुँ भनेर चिनाउने हजारौँ पहिचान छन्, सबैले रुचाउने विषयलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ ।”

प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इँ, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाललगायतले राष्ट्रिय पोशाक संरक्षण महाअभियानलाई देशव्यापी बनाउन सुझाव दिए  । अभियानका केन्द्रीय अध्यक्ष विवश घिमिरे र जिल्ला संयोजक नवराज घिमिरेले आफूहरुको अभियानमा साथ दिन सबैसँग आग्रह गरे  ।