काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इतिहासमै सबैभन्दा अक्षम तर विवादास्पद उपकुलपतिको उपमा पाएर बाहिरिएका उपकुपति तीर्थ खनियाँ कतिसम्म तल गिर्दा रहेछन भन्नलाई उनले जाँदाजाँदै गरेका केही निर्णय हेरेपुग्छ भन्छन् टियूका प्राध्यापकहरू । लाजमर्दो र दलीय भूत कतिसम्म सवार रहेछ भन्ने कुरा पनि त्यही निर्णयले पुष्टि गर्दछ । त्रिविको इतिहासमै सबैभन्दा बढी विवादित पात्र हुन् योगेन्द्र वडवरिया ।
यी त्रिवि प्राध्यापक सघ(टीयूटीए)को अध्यक्ष समेत भइसकेको व्यक्ति हुन् । त्यसअर्थमा प्रँध्यापकहरूको समेत नेता भइसकेको हुनाले इज्जत र प्रतिष्ठानमात्र होइन इमान पनि होला भन्ने विश्वास थियो । तर, यी व्यक्ति रहेछन् कामचोर अनि त्यही कामचोरको पक्ष्ँमा रहेछन् त्रिविका तत्कालीन उपकुलपति तीर्थ खनिया । भईदियो के भने टुटाको अध्यक्ष्ँ हुँदा र त्योभन्दा पहिला र पछिसमेत समेत गरेर करीब ७ सय दिन हाजिर गरेका रहेनछन् ।
कांग्रेस पार्टीकै झोला बोकेर हिंडेका ती वडवरियाले त्रिविबाट काजको स्वीकृत पनि लिएका थिएनन् । सिरहाको क्याम्पसमा दरबन्दी भएपनि काठमाडौंमा दौडिने उनको लगातारको ७ सय दिन गयल चानचुने विषय थिएन । तर, त्यो गयललाई काजमा स्वीकृत गराउन वडवरिया त लागेकै थिए खनिया पनि लागे । यो काण्ड गत बर्षको सिनेटमा झनै चर्केको थियो ।
सिनेटका विभिन्न एजेण्डामध्ये एउटा वडवरियाको काज मिलान गर्ने पनि थियो । तर, त्यतिबेला प्रधानमन्त्री तथा कुलपति केपी ओली नै सहभागी भएनन् जसले गर्दा वडवरियाको त्यो प्रकरण सिनेटमा प्रस्तुत हुन सकेन । श्रोत भन्छ, त्यसमा रेक्टर सुधा त्रिपाठी पनि असहमत थिइन ।
सुरुका दिन रजिस्टार डिल्लीराम उप्रेती पनि असहमत थिए । तर, खनियाले प्रभावमा लिए उप्रेतीलाई । अनि उप्रेतीले नै त्यो एजेण्डा ल्याए सिनेटका लागि । त्यतिबेला त्यो मक्सद पूरा भएन । तर, अहिले उपकुलपतिबाट जाँदाजाँदै त्यो निर्णय गरिदिए खनियाँले र वडवरियाको ७ सय दिनको गयललाई काजमा रुपान्तरण गरेको श्रोतले बतायो ।
श्रोत भन्छ, त्रिविको इतिहासमै यति धेरै लामो गयललाई काजमा रुपान्तरण गरियो । अर्कातिर त्रिविकै कानून अनुसार ९० दिन निरन्तर हाजिर नगरेर जागिरबाट बर्खास्त गर्न सकिन्छ । त्यसरी वर्खास्तमा पर्नेको संख्या त्रिविमा प्रशस्तै छ । तर, अहिले जे गरियो त्यो गलत भएको भन्दै त्रिविभित्र चर्को आलोचना भइरहेको छ । वडवरियाले कतिसम्म हर्कत गर्छन् भन्नलाई त प्राध्यापकहरूको कोटा बढाउन प¥यो भन्दै उपकुलपतिको गेटमा अनशनसमेत बसेका थिए ।
राजनीतिशास्त्रका सहप्राध्यापक वडवरियाको त्यतिबेलाको मक्सद आफू पनि प्राध्यापक हुने भन्ने थियो । त्यही कारण, त्यतिबेला १२ जनाको विज्ञापन बढाएर २२ जना पु¥याईयो । संख्या बढाएपछि आफू प्राध्यापक भइन्छ भनेर ढुक्क भएका वडवरिया त्यसभित्र पनि परेनन् । आफ्ना लागि त्यतिसम्म हर्कत गर्न लागेका वडवरियाले जागिर नै जोगाउन त अनेक गर्ने नै भए । खनियाले रजिस्टार उप्रेतीलाई अहिले निर्णय गर्नेबेलामा हात लिएको श्रोतले बतायो । किनभने २०७५ चैतमा प्रँध्यापक हुनलाई रजिष्टार उप्रेतीले पनि यस्तै हर्कत गरेका थिए ।
पीएचडी गरेका सहप्रँध्यापकलाई १२ नम्बर दिने कार्यविधि थियो । त्यो कार्यविधि परिवर्तन गरेर ८ नम्बरमा झारियो । किनभने उप्रेतीका प्रतिस्पर्धीमध्ये २ जनाले पीएचडी गरेका थिए । र, ती दुबैजना प्राध्यापक हुन पाएनन् र उप्रेतीसहित अर्का एक प्रँध्यापक भएको त्रिवि सेवा आयोगले निर्णय त ग¥यो । तर, उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि पुनरावेदन आयोगमा उजुरी परेको श्रोत बताउछ ।
यो मुद्दा अहिलेसम्म किनारा भने लागेको छैन । यतिसम्मको हर्कत गरेका उप्रेतीलाई साथ दिएका खनियाले अख्तियार गर्नसम्म दुरुपयोग गरेर वडवरियाको मुद्दामा पनि साथ दिन लगाए । वडवरियाको मुद्दामा रेक्टर तथा अहिलेकी उपकुपति सुधा त्रिपाठीको हस्ताक्षर भने नरहेको स्रँेत बताउँछ । त्रिवि श्रोतका अनुसार, उनी उक्त निर्णय उल्टाउने प्रयासमा छिन् । तर, उनीमाथि पनि दबाब परेको बताइन्छ ।



