🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुलमानजीलाई विद्युत् महसुल बारे जगत भुसालको सुझाब

नेपालमा सेलेब्रेटीको खिलाप बोल्दा अपजस पाईने गरेको छ । तर, कोही बात छैन, म विघटित विद्युत् महसुल निर्धारण आयोगको पूर्व  अध्यक्षको नाताले कुलमानजीलाई सुझाब दिनै पर्ने भो ।

कुलमानजी, सक्नु हुन्छ भने सबै घर भाडामा बस्नेलाई छुट्टाछुट्टै मिटर दिनोस र ६ घण्टा भन्दा कम समय लोडसेडिग भएको मितिदेखि डेडिकेटेड-ट्रंक महषुल लिन नपाईने पूर्व आयोगको अदेशात्मक निर्देशनको पनि पालना गर्नोस्  ।

कुलमानजी, बिद्युत नियमन आयोगले बर्तमान महषुल दर समायोजन नगरे सम्म, तपाईले घरभेटीलाइ कसरी  कार्बाही र डेरावालालाई  कसरी  राहत दिनु हुन्छ ? तलको यथार्तता  हेरौ ।

“एक घरमा मानौ तीन परिवार डेरा बस्छन, तर नेबिप्राको मिटर एउटै हुन्छ । प्रत्येक परिबारले मासिक २०० यूनिट विद्युत   खपत गर्दा नेबिप्राको मिटरमा ६०० यूनिट  विद्युत  खपत देखिने छ । बिद्यमान महषुल दरले १५ एम्पेयरको मिटरमा ६०० युनिट खपत  विद्युतको बिल रू ७०२० हुन्छ ।

यदि  तीन परिबारको छुट्टाछुट्टै मिटर भएको भए र बराबर (दुई दुई सय यूनिट) खपत गरेको भए प्रत्येक २०० यूनिटको बिल रू २०२० मात्र हुन्छ र जम्मा तीन बिलको रू ६०६० हुन्थ्यो ।

एउटै मिटर भएको कारण नेबिप्राले रू ९६० बढी  लिई राखेको छ । यदि प्रत्येकको सय सय यूनिट खपत हो भने प्रत्येकको बिलको रु ९४५ ले जम्मा तीन बिलको रू २८३५ हुन्थ्यो । तर एउटै मिटर भएको कारण ३०० यूनिट खपतमा नेबिप्राले रू ३१९५ लिने गरेको छ, जुन रु ३६० ले बढी  छ ।

काठमाण्डौ लगायत शहरी क्षेत्रबाट नेबिप्राले यसरी नै महषुल लिएकोले नेबिप्रा नाफामा जान सकेको हो ।

यदि प्रत्यकको सय सय यूनिट खपत हो भने प्रत्येकको बिलको रु ९४५ ले जम्मा रू २८३५ हुन्थ्यो । तर एउटै मिटर भएको कारण ३०० यूनिट खपतमा नेबिप्राले रू ३१९५ लिने गरेको छ, जुन रु ३६० ले बढी  छ । काठमाण्डौ लगायत शहरी क्षेत्रबाट नेबिप्राले यसरी नै महषुल लिएकोले नेबिप्रा नाफामा जान सकेको हो ।

कुलमानजी, तपाईले घरबेटीलाइ प्रति युनिट रू १३ का दरले पैसा लिएकोमा कार्बाही गर्न पनि सक्नु हुन्न र बढी  हुन आएको रु ९६० वा रु ३६० घरबेटीलाइ फिर्ता गर्न पनि सक्नु हुन्न ।

थप प्रसंग-

विघटित विद्युत् महसुल निर्धारण आयोगले बीसौं वर्षदेखि कायम रहेको ग्राहस्थ प्रणालीको पुरानो परिपाटीको अन्त्य गरी ‘बल्क’ प्रणाली (बढी खपत गर्नेलाई बढी दरको महसुल) को सुरुवात गरिदिएको छ, जसबाट ग्राहको मिटर क्षमतानुसार १६, ४३, ७७ र १५६ युनिटसम्म खपत युनिटमा महसुल घटाइएको छ बढी युनिट खपत गर्ने गार्हस्थ्यवर्ग, वैदेशिक नियोग, मनोरञ्जक उद्योग, स्टार होटलहरूलगायतमा महसुलमा न्यायोचित वृद्धिगरि मिति २०७३ श्रावण महिनादेखि लागू भैरहेको छ ।

नेबिप्रा घाटामनै गएको कारण नेबिप्राले नमागेको ४०० यूनिट माथिको रु १३ को दर तथा वैदेशिक नियोग, मनोरञ्जक उद्योग, स्टार होटलहरूलगायतमा रु १४ महसुल कायम गरिएको हो र शुख्खा याममा अफ पिक कि दर पनि झिकिएको थियो ।

 विद्युतको माग-आपूर्तिको कुसल ब्यबस्थापन गरेर नेपाली  विद्युत  उपभोक्तालाई  राहत दिन तपाई सफल भएकै हो । तर, २०७३ श्रावण महिनादेखि लागू भएको महसुल दर र महषुल नीतिको कारण अनावश्यक विद्युत् खेर नफाल्ने र विद्युत् उपयोगमा किफायत गर्ने मनोभावनाको विकास भएको हो र यूद्धस्तरमा चोरी-चुहावट कम गर्न बाध्यता र प्रोतसाहन दुबै रहेको कुरा पनि कहिलेकाही भनिदिनु भएर बिघठित विद्युत् महसुल निर्धारण आयोग पनि संझिनु भए हुन्थ्यो ।

साथै, नेबिप्रा ब्यपारिक संस्था  मात्र नभै यसको सामाजिक दायित्ब पनि भएकोले र नाफामा गएको देखिएकोले महसुल दरमा तुरुन्त न्ययोचित पुनराबलोकन गराउने तर्फ तुरन्त लाग्नोस्  ।