🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भीसी त्रिपाठीको अनियमितता छताछुल्ल 

काठमाडौं । सिङ्गो विश्वविद्यालय र राष्ट्रकै गरिमा एवं साख समाप्त पार्ने प्राडा सुधा त्रिपाठीलाई सरकारले तीन महिनासम्मका लागि उपकुपतिको कामकाज गर्ने जिम्मेवारी दिएको छ । शिक्षाध्यक्ष रहेकी त्रिपाठीलाई सरकारले २०७६ भदौ ५ मा उपकुलपतिको जिम्मेवारी दिएको हो । उपकुलपति तीर्थ खनियाँको कार्यकाल भदौ ५ मै सकिएपछि अर्को नियुक्ति नभएसम्मका लागि उनलाई नियुक्ति गरिएको जनाइएको छ ।  

त्रिपाठी र उनका पति प्राडा रमेशप्रसाद भट्टरार्ईले वार्षिक कर गणनामा दुवै जागिरे भएको अवस्थामा दम्पतीले पाउने कर छुट नभई अविवाहित प्राकृतिक व्यक्ति सरह मात्र कर छुटको व्यवस्था उपभोग गर्नुपर्नेमा निजहरू त्रिवि सेवामा कार्यरत रहँदा पारिवारिक करको दायरामा कर छुट हुनेभन्दा बढी दोहोरो सुविधा लिएको आरोप छ । त्रिपाठीका पतिपत्नीले राज्यलाई बुझाउनुपर्ने राजस्वमा सम्बन्धित कार्यरत कार्यालयबाट नियमानुसार करकट्टी गर्न नदिई कर घटाएर सुरुदेखि नै राज्यलाई करछली र ठगी गरेका छन् । यससम्बन्धी सत्यतथ्य विवरण सम्बन्धित निकायबाट छानबिन गरी नियमानुसार कर नतिरी राज्यलाई कर छली र ठगी गरेकोमा कारबाही गर्नुपर्नेमा उपकुलपति बनाएर सम्मानित गरिएको छ ।

युरोपियन युनियनको इरास्मस प्रोजेक्ट 
(भ्त्तब्क्ब्(त्तब्ब्) ले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तर बृद्धिका लागि भनी दिइने सहयोग रकम लिनका लागि नियमानुसार त्रिविको निर्णय, स्वीकृति र सहमति हुनुपर्नेमा शिक्षाध्यक्ष त्रिपाठीले पदको चरम दुरुपयोग गरी त्रिविका लेखा प्रमुख कुमार हुमागाईंसमेतलाई प्रभावमा पारी त्रिविको निर्णय, स्वीकृति र सहमतिबिना नै अनधिकृत रूपमा आफूखुसी केन्द्रीय खातामा रकम जम्मा गरी लाखौं रुपैयँँ हिनामिना गरेको आरोप छ ।

यही प्रोजेक्टको रकममा पारिश्रमिक तथा दोहोरो सुविधा लिई पटकपटक विदेश भ्रमण गरेको तथा उनका पति भट्टराई र अन्य केहीलाई समेत पटकपटक विदेश भ्रमण गराएको, खातामा विदेशी मुद्रा जम्मा गरी अपचलन गरेको, यसको अडिट नगराएको तथा नियमानुसार त्रिविलाई बुझाउनुपर्ने रकम पनि नबुझाएको जस्ता गैरकानूनी र अनैतिक काम गरी चरम भ्रष्टाचार गरेको र यस कार्यमा उनका पति रमेशप्रसाद भट्टराईसमेत संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

त्रिपाठीले त्रिविको स्वीकृति बेगर दिन नमिल्ने हुँदाहुँदै अनधिकृत रूपमा आफूखुसी विभिन्नलाई नो अब्जेक्सन लेटर दिएको, त्रिविको स्वीकृति बेगर अनधिकृत रूपमा आफूखुसी इन्जिनियरिङमा खाता खोल्ने अनुमति दिएको, एसियन कलेजले पैसा नदिएका कारण फाइल लुकाएर गायब गरेको, २०७५ चैत ७ गते त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाबाट जारी गरिएको प्रेस विज्ञप्तिअनुसार निज त्रिपाठी कार्यकारी परिषद्को बैठकमा स्वयं उपस्थित भई निर्णयको माइन्युटमा हस्ताक्षर गरेका निर्णयभन्दा भिन्न कुरा गरेकोजस्ता निन्दनीय कार्य गरेको उजुरीमा उल्लेख छ ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट गरिने समकक्षता निर्धारणमा वार्सा युनिभर्सिटी पोल्यान्डबाट म्यानेजमेन्ट विषयमा पिएच.डी. गरेका गङ्गाधर दाहाललाई अर्थशास्त्र विषयको पिएच.डी. भनी हालसालै अत्यन्तै हतारका साथ समकक्षता प्रदान गरिएको छ । साथै गणित विषयमा पिएच.डी गरेका तिलकराम शर्मा, नरेन्द्रनारायण झा, रञ्जनकुमार सिंह, त्रिभुवन शर्मा, दिलीपकुमार भगत र सुरेशकुमार सहनीले नौ दस महिनाअगाडि समकक्षताका लागि बुझाएको निवेदनउपर कुनै कारबाही नगरेको हुँदा निजहरू पदोन्नतिबाट बन्चित भएको भनी प्राध्यापक सङ्घहरूले शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी गर्नुपर्ने स्थितिको सिर्जना भएको र यस कार्यमा पनि निज सुधा त्रिपाठीकै बदनियत रहेको उजुरीमा उल्लेख छ । 

शिक्षाध्यक्ष त्रिपाठीले पदको दुरुपयोग गरी आफ्नो मातहतमा रहेको मानविकी तथा सामाजिकशास्त्र सङ्काय डिन कार्यालयबाट त्रिभुवन विश्वविद्यालयमा सञ्चालनमा नै नरहेको लोकवार्ता विज्ञान विषय समितिको अध्यक्षमा सो विषयबारे पटक्कै ज्ञान नभएका आफ्ना पति भट्टराईलाई नियुक्त गराएको, त्रिवि मानविकी तथा सामाजिकशास्त्र सङ्काय डिन कार्यालयअन्तर्गतको अनुसन्धान समितिमा मनोनित गराएको, आफ्नो मातहतमा रहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट अनिवार्य नेपाली विषय समितिको सदस्यमा मनोनित गरेको, आफ्नो मातहतका विभिन्न समितिहरूमा पारिवारिक स्वार्थकेन्द्रित भएर योग्य व्यक्तिलाई वञ्चित गरी पटकपटक आफ्ना पतिलाई मात्र मनोनीत गरेको देखिन्छ । त्रिपाठीले आफू पदमा बसेर आफ्ना पतिलाई लाभान्वित हुने अनेकौं पदमा नियुक्ति दिनेजस्ता काम गर्न नमिल्ने पदीय आचारसंहिता विपरीत काम गरेकाले कारबाहीको माग गरिएको छ ।

 त्रिविको शिक्षाध्यक्षजस्तो गरिमामय पदमा बसेकी त्रिपाठीले आफ्नै विश्वविद्यालयका सम्पूर्ण प्राध्यापकमाथि समान व्यवहार गर्नुपर्नेमा यसो नगरी, पदीय जिम्मेवारी प्राप्त व्यक्तिले इमानदारीपुर्वक जिम्मेवारी वहन नगरी बदनियतपूर्ण ढङ्गले प्राध्यापकहरूबीच विभेदकारी निर्णय गरी लगभग तीन दशकसम्म विश्वविद्यालय सेवामा रही दीर्घसेवा पदकसमेत प्राप्त गरिसकेको मजस्तो स्वाभिमानी प्राध्यापकको मानमर्दन गर्न खोजेको स्पष्ट देखिन्छ ।  

 यस सम्बन्धमा विभिन्न मितिमा आफ्ना पतिको काज स्वीकृत गरेको र कसैको एकपटकको मात्र काज पनि स्वीकृत नगरी र स्वीकृत नगरेको सूचनासमेत नदिई निजले आफ्नो पदीय जिम्मेवारी निर्वाह नगरी चरम लापरवाही र पदीय दुरुपयोग गरी अख्तियारको समेत दुरुपयोग गरेको साथै उनले आफ्ना पतिलाई विश्वविद्यालयको खर्चमा पटकपटक विदेशमा भ्रमणमा पठाउने तथा साथमै लिएरसमेत हिंड्नेजस्ता अनैतिक क्रियाकलाप गरेबाट एकातिर योग्य व्यक्तिहरूलाई अवसरबाट बञ्चित गरिएको र अर्कातिर सामान्य लोकलाजको समेत वास्ता नगरी चरम बद्नियतपूर्ण कार्य गरेको उल्लेख  छ । (साँघु साप्ताहिक, भदौ २३)