🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बज्दाबज्दैको रेडियोमा  सञ्चालक समितिद्वारा नै तालाबन्दी

मार्तडी, २१ भदौ (रासस) : बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् । 

    शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताए  । उनले समितिका अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनौ, अनिश्चितकालसम्मका लागि तालाबन्दी गर्छाैं’ भन्दै रेडियोमा ताला लगाएको बताए  । 

    सहकारीका करीब पाँच सय जना शेयर सदस्यको रकमले सञ्चालनमा ल्याइएको उक्त रेडियो एकाएक बन्द भएको छ । सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रुपमा रेडियो एकाएक बन्द गर्दा जनतामा नकारात्मक प्रभाव परेको कर्मचारीले बताएका छन् । सहकारी तथा रेडियो सञ्चालक समितिका यादवले भने कर्मचारीले रेडियो नियमति रुपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए  । 

    कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । रेडियोमा नियमित रुपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानूनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताए  ।