🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रक्तचन्दन तथा यार्सागुम्बा सहित २ जना पक्राउ

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडी सहित २ जनालाई बुधबार बेलुका नेपाल प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन् ।

 उक्त स्थानमा रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त जडीबुडी सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमामा प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।