🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्यटन बोर्डको बजेट नै अलपत्र 

काठमाडौं । नेपाल पर्यटन बोर्डको बजेट पास हुनका लागि साइत जुर्न सकस परिरहेको खबर छ । अहिलेमात्र होइन, विगतका बर्षदेखि नै यो समस्या थियो । र, यो बर्ष पनि त्यही समस्या दोहोरिएको छ । गत बर्ष कात्तिकमा बजेट पास गरेको बोर्डले अहिले साउनमा सक्ने तयारी गरेको थियो । तर, अहिले पनि कहिले सचिव फेरिने कहिले मन्त्रीको आगमनले सरेको स¥यै छ । बजेट अन्तिम रूपमा दिने तयारीमा बोर्ड लागिरहेका बेलामा पर्यटन मन्त्रीमा योगेश भट्टराई आए । 

 भट्टराईको नियुक्तिपछि सचिव मोहनकृष्ण सापकोटाले केही रोकेर मन्त्रीलाई ब्रिफिङ गरेपछिमात्रै पारित गर्न प्रस्ताव गरे । त्यसैअनुसार गरियो । तर, त्यो अवधिमा झन्डै १५ दिन कट्यो । त्यसपछि फेरि सचिव सापकोटाले एक हप्ता जति रोक्न प्रस्ताव गरे । बजेटमाथिको छलफलमा एक हप्ता धकेलिएको मात्रै के थियो सचिव नै फेरिए ।

सापकोटाले सायद बुझेर एकहप्ता सार्न खोजेको थिए आफू सरुवा हुँदैछु भनेर । भर्खरै आएका सचिव केदारबहादुर अधिकारीले बोर्डको बजेट हेर्न नै पाएका छैनन् । सचिव अधिकारीले बोर्डको बजेट अध्ययन गरेपछिमात्रै पारित हुन सक्छ । त्यसो हुदाँ अझै केही दिन लाग्नेछ । अर्थात् बोर्डको बजेट विगतमा नेपाल सरकारले पारित गर्ने बजेटजस्तो भएको टिप्पणी हुन थालेको छ । 

 तत्कालीन संविधानसभामा पनि सरकार फेरबदलको राजनीतिले बजेटलाई प्रशस्त सकस पर्ने गरेको थियो ।  झन्डै डेढ अर्बको बजेटमा नेपाल भ्रमण बर्षलाई कति बजेट विनियोजन गर्ने भन्ने पनि टुंगो नलागेको स्रँेत बताउछ । खासमा सरकारले भ्रमण बर्षलाई १० करोडमात्रै दिएपछि बोर्डको रकमबाट भ्रमण बर्षमा खर्च गर्ने योजना सरकारको रहेको देखिन्छ । बजेट खर्च गर्न नसक्ने बोर्डको बाँकी रकम भ्रमण बर्षमा खर्चिनु पनि ठीकै हुने टिप्पणी पनि पर्यटन व्यवसायीले गरेका छन् ।