🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कैलाशले उडायो नयाँ हेलिकोप्टर

काठमाडौँ, ६ भदौँ : दुई वटा हेलिकोप्टरबाट सेवा पु¥याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ । कम्पनीको हालै भित्र्याएको हेलिकोप्टरले आजबाट उडान शुरु गरेको हो । योसँगै कम्पनीसँग उडानका लागि तीन हेलिकप्टर भएका छन् ।

 

कैलाश हेलिकप्टरका बजार निर्देशक प्रतापजङ पाण्डेले ‘नाइन एन एमटी एएस– ३५०’ कलसाइन भएको बी ३ ई हेलिप्टरले आजबाट उडान शुरु गरेको जानकारी दिए  । थपिएको हेलिकप्टरले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने विश्वास लिइएको छ । विपद्मा उद्धार, राहत वितरण तथा विदेशी पर्यटकलाई लक्षित गरिएको छ । पछिल्लो समय हेलिकप्टरको सेवा प्रयोग गर्ने नेपालीको सङ्ख्या बढ्दो छ ।

 

कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउने, ‘कर्पोरेट फ्लाइट,’ ‘ह्युमन कार्गो स्लिङ अपरेसन्स’, ‘हाइअल्टिच्युट अपरेसन’, ‘एरियल सर्भे, दृश्यावलोकन’, ‘माउन्टेन फ्लाइट’, ‘स्पेसल एड्भेञ्चर मिसन’, ‘फिल्मिङ’, ‘स्काई डाइभिङ’ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको जनाएकोे छ । मुलुकभित्र अहिले १० ओटा हेलिकप्टर सेवा प्रदायक कम्पनी सञ्चालनमा छन् ।