🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन

रसुवा, २ भदौ (रासस) : मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र रहेको बताइएको छ   । 

 मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा यही भदौ १ गते उनको निधन भएको थियो ।    ती यात्रुको शव आज बिहान ११.२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ ।
      

    यसअघि मानसरोवर जानेक्रममा गत साउन महिनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु  र साउन ३० गते  ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।
–––