🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थुनाबाट छुटाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, १७ साउन : थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए  । 

प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गरेकोसमेत खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरुप रु एक लाख लिएको पाईएको बोगटीले जानकारी दिए  । वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीमा आइपुगेको हो । काठमाडौँको कलङ्कीबाट उनलाई प्रहरीले आज पक्राउ गरेको  हो ।

ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए ।

जावेद भारतीय नागरिक हुन् । उनीहरु अनलाईनमार्फत रु ५० लाख विगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् । रासस