🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बल्ल झस्किए प्रधानमन्त्री ओली 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरण प्रक्रियामा बाँकी रहेका सांगठनिक जिम्मेवारीलगायतका विषयहरूलाई टुंगो लगाउने गरी छलफललाई तीव्रता दिएको छ । यसैको फलस्वरूप केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरी जिल्ला इञ्चार्ज र आवश्यकता अनुसार सहइञ्चार्ज तोक्ने गरी अबको बैठक सचिवालय बैठकबाट टुंगो लगाउने तयारी भइरहेको छ । तलदेखि माथिसम्म पार्टी नेतृत्व नहुँदा स्थानीय तह, प्रदेश सरकार कसैको पनि कमाण्डमा छैनन् ।

त्यसले गर्दा जन अपेक्षा र संयुक्त चुनावी घोषणा अनुसार जनहितमा काम पनि हुन सकेका छैनन् । स्थानीय र प्रदेश सरकारको कामको मूल्यांकन, अनुगमन पनि हुन सकेको छैन । यी सबै कुराको झस्को पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई परेपछि अहिले सचिवालय, स्थायी समिति, केन्द्रीय समितिलाई परिचालन गरेर पार्टी जीवनलाई सक्रिय बनाउन लागिपरेको स्रोत बताउछ । यसका लागि एक १४ महिनादेखि बस्न नसकेको केन्द्रीय समितिको बैठक अब चाडै नै बोलाउने तयारीमा पनि सचिवालय लागेको स्रोत  बताउँछ । 

स्रोतका अनुसार, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यसबीचमा विभिन्न चरणमा भएका छलफलबाट केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोक्ने ढाँचामा मोटामोटी सहमति भएको छ । जसअनुसार सर्वप्रथम भूगोलका ७७ जिल्लालाई पूर्वएमाले र पूर्वमाओवादी ६०ः४० को अनुपातमा विभाजन गरी भागबन्डा गरिनेछ । यस हिसाबले हर्दा जिल्ला अध्यक्षको भागबन्डा भएजसरी पूर्वएमाले र पूर्वमाओवादीको ४४ः३३ को अनुपात रहने गरी इञ्चार्ज तोकिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यसपछि दुवै पक्षको आ–आफ्नो भागबन्डाको जिल्ला तय भइसकेपछि सम्बन्धित पूर्व पार्टीका जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहेकाहरूले नै इञ्चार्जको जिम्मेवारी पाउने ढा“चामा दुई अध्यक्षबीच सहमति भएको छ भने सहइञ्चार्जचाहिं  आवश्यकताअनुसार तय गरिने बताइएको छ । केन्द्रीय सदस्य नभएको कुनै जिल्लाको हकमा भने बाहिरी जिल्लाका केन्द्रीय सदस्यलाई इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी दिने कार्ययोजनासमेत अघि बढेको छ ।    

माथिको ढाँचामा भएको सहमतिले मूर्तरूप पाउँदा नेकपाको एकीकरणको महत्वपूर्ण विषयले निर्णायक स्थान लिनेछ । यसपछि एकीकरण प्रक्रियामा बाँकी रहेका केन्द्रीय विभागहरूको गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरोको गठन, सचिवालय÷स्थायी समितिका सदस्यहरूको कार्यविभाजन गरी पार्टी एकतालाई पूर्णता दिने तयारी नेकपाको रहेको छ । नेकपाका वरिष्ठ नेता माधव नेपाल श्रीलंकाबाट २०७६ असार २९ गते फर्केपछि असार ३० मा केन्द्रीय सचिवालयको बैठक बस्ने तय भएको थियो । तर हाल मुलुकमा देखापरेको प्राकृतिक तथा दैवी प्रकोपको विपत्का कारण विशेष परिस्थिति सिर्जना भएकाले २०७६ असार ३० का लागि गर्ने भनिएको सचिवालयको बैठक अनिश्चित समयका लागि पर सरेको नेकपाका महासचिव विष्णु पौडेलले साँघुलाई बताए ।     

लचकदार बन्दै प्रधानमन्त्री ओली 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विगतको कार्यशैलीलाई परिमार्जन गर्ने संकेत दिएका छन् । पार्टी र सरकार सञ्चालनमा देखापरेका उनका कार्यशैलीको निरन्तर आलोचना भएपछि उनी सबैसंग संवाद र छलफल गरी पार्टी र सरकारलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्ने तयारी गरिरहेका छन् । पार्टी एकीकरणको बा“की प्रक्रिया पूरा भएपछि यस दिशामा अघि बढ्नका लागि प्रधानमन्त्री ओली थप छलफल, परामर्श र सल्लाह गर्ने तयारीमा रहेको बुझिएको छ । 

यसैको फलस्वरूप प्रधानमन्त्री ओलीको आलोचकका रूपमा रहेका नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसाललाई २०७६ असार २१ गते प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर ३ घन्टा लामो गोप्य वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसंग भुसालको यो भेटवार्ता ६ वर्षपछि भएको बताइएको छ । सो भेटवार्ताका क्रममा नेता भुसालले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नेबित्तिक्कै अहिले आएका, देखिएका समस्याहरू मूलभूत रूपमा समाधान हुँदै जाने र सकारात्मक वातावरण बन्ने सुझाव दिएको बुझिएको छ ।

त्यसैगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता योगेश भट्टराई, विभिन्न सांसद, पार्टी नेता र बुद्धिजीवीहरूसंगको भेटलाई तीव्रता दिने र छलफल तथा परामर्शबाट आएका सुझावहरूलाई आत्मसात् गर्ने ढंगले मनस्थिति बनाएको बुझिएको छ । यसबाट सरकार र पार्टीलाई थप प्रभावकारी, विवादरहित र आलोचनामुक्त रूपमा सञ्चालन गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको सोच रहेको उनी निकट स्रोतको भनाइ छ ।