सामान्यतया एउटा रुख एक किसिमको फलको लागि मात्र चिनिन्छ । तर, संसारमा यस्ता किसिमका रुखहरू पनि सिर्जना गरिएको छ जसमा ४० किसिमको फल फल्ने गर्दछन् । विश्वास गर्न सजिलो नभएपनि, यो सत्य हो । अमेरिकाका भिजुअल आर्टस् प्रोफेसले यस्तो विचित्रको बोट तयार पारेका छन्, जसमा ४० प्रकारका फल फल्ने गर्दछ । यस विचित्रको बोट ‘ट्री अफ ४०’ नामले चर्चित छ ।
यो विचित्रको बोटको मूल्य सुनेर भने हैरानीमा पर्न सक्नुहुन्छ । यस बोटको मूल्य ३० लाख भन्दा बढी छ । उनले यस्तो बोटको विकासको सुरुवात सन् २००८ मा गरेका थिए । कृषक परिवारमा जन्मिएका कारणले गर्दा फ्रोफेसर वानको खेतीबारीमा उनको लगाव थियो । ग्राफ्टििङ प्रविधिबाट उनले यस्तो बोट तयार पारेका थिए ।



