🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

बिहार, २ असार : भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका  छन् । 

मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन् । 
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । 

गत साता बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताउनुभएको थियो । रासस÷एएनआई
––