🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सनराइज बैंकको सीईओ नियुक्तिसंगै विवाद  चर्कियाे !

काठमाडौं, ३१  जेठ ।  बैंकिंग क्षेत्रमा कडा स्वभावका मानिने सीईओ रत्नराज बज्राचार्यले चार वर्ष कमाण्ड गरेको   सनराइज बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएसंगै विवादमा परेका छन्  । सनराइज बैंकको संचालक समितिको २०७६ जेठ २२ गते बुधबार बसेको बैठकको बहुमतले  श्रेष्ठलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको थियो । बैंक स्रोतका अनुसार, प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्दा संचालक समितिको पूर्ण सहमतिमा नियुक्ति गर्नुपर्ने हुन्छ।  

बैंक स्रोतका अनुसार, अध्यक्ष मोतीलाल दुगरसहित सात सदस्य रहेको  सनराइज बैंकको संचालक समितिमा बछ राज तातेर, मालचन्द दुगर, शैलेन्द्र गुरागाईं, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी रहेका छन्।   बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा छलफल हुँदा बोर्ड सदस्य मध्ये शैलेन्द्र गुरागाईंले   प्रमुख कार्यकारी अधिकृतमा  प्रस्तावित निरज श्रेष्ठको प्रस्ताव स्वीकार गर्न नसकिने, कुमारी, माछापुच्छ्रे बैंक, एनआईसी एसिया, ग्लोबल आईएमइ बैंकमा असफल  ब्यक्तिलाई अहिलेको जोखिम अवस्थामा सीइओ  जस्तो बैंकको महत्वपूर्ण जिम्मेवारीमा ल्याउनु हुन्न भन्ने मत ब्यक्त गरेका थिए।  बैंक स्रोतका अनुसार, गुरागाइले त नोट अफ डिफेन्स नै लेखेर  बैठक छोडेर हिंडेका थिए।  

संचालक समितिका अर्का सदस्य  मालचन्द दुगर नयाँ दिल्लीमा थिए।  संधै बिहीबार बस्ने बैंकको बोर्ड बैठक यसपटक सार्वजनिक विदाको दिन २०७६ जेठ २२ गते बसेर २०७६ बैशाख ३१ गतेदेखि रिक्त रहेको  प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने निर्णय गरेको थियो । सनराइज बैंकको प्रमुख कार्यकारीमा निरज श्रेष्ठ, अनुजमणि तिमिल्सिना र जनक शर्मालगायताको  चर्चा चलेको थियो ।

नियुक्ति पत्र हात पारेर २०७६ असार २  गतेदेखि  दुई जिम्मेवारी सम्हाल्नु पर्ने सनराइज बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ दुई जना बोर्ड सदस्यको असहमति भएको अवस्थामा अब के हुने भन्ने प्रश्न खडा भएको स्रोत बताउछ।  सनराइज बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठको नियुक्तिसंगै बैंकको संचालक समिति समेत दुई फ्याकमा विभाजित  भएको अवस्था छ।  दुगर समूह र गोयल समूह प्रमुख लगानीकर्ता रहेको सनराइज बैंकलाई सीईओ रत्नराज बज्राचार्यको  चार वर्षको  कमाण्डले  बैंकको अवस्था सुधारिएको  बताइन्छ ।  

 चार बर्षे कार्यकाल पूरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइजको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति चर्को विवादमा परेको छ । यस घटनाले बैंकको ब्यबस्थापकीय समूह समेत विभाजित हुन पुगेको कर्मचारी स्रोत बताउछ   ।  बज्राचार्यको बहिर्गमनपछि कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंक हाँकेकी थिइन् । उनको कार्यकाल पनि एक वर्ष मात्र बाँकी रहेको बताइन्छ ।  बैंकको एउटा समूह लामोसमय बैंकको ब्यबस्थापकीय समूह रहेर काम गरेकाले आशा राणालाई नै प्रमुख कार्यकारी अधिकृत बन्ने अवसर दिनु पर्छ भन्ने पक्षमा रहेको थियो । 

तत्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केही  समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए। उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए। निरज श्रेष्ठ केही समयअघि आफ्नो कार्यकाल पूरा नहुँदै  माछापुच्छ्रे बैंकबाट आउट भएका थिए।

रत्नराज बज्राचार्य जस्तो अनुशासित र निस्वार्थ व्यक्तिले विवादरहित भएर चार वर्ष हाँकेको  सनराइज बैंकमा ३० वर्षको बैंकिंग अनुभव संगालेका निरज श्रेष्ठका लागि भने नखाउँ  भने दिनभरिको सिकार खाउँ भने काका बा'को अनुहार जस्तो भएको छ  ।  नेपाली मारवाडी घरानाका उद्योगी-व्यबसायी  मोतीलाल दुगर अध्यक्ष रहेको सनराइज बैंक अहिलेको कडा प्रतिस्पर्धा र बिग मर्जरको हल्ला चलिरहेको समयमा नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्तिले  चर्को विवादमा फसेको छ।